मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विदेशमा बस्ने नेपालीका समस्या समाधान गर्न सरकारले पहल गर्छ : गृहमन्त्री खाँण

विदेशमा बस्ने नेपालीका समस्या समाधान गर्न सरकारले पहल गर्छ : गृहमन्त्री खाँण


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले विदेशमा रहेका नेपाली नागरिकले भोग्नुपरेका समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिएका छन् ।  
 
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिन विभिन्न देशबाट आएका महाधिवेशन प्रतिनिधि र गैरआवासीय नेपाली सङ्घका पदाधिकारीसँग गृहमन्त्रालयमा भएको छलफलमा गृहमन्त्री खाँणले त्यसतर्फ सरकार गम्भीर रहेको बताए ।  
 
उनले नागरिकताको समस्या, ‘डलर एकाउन्ट’, विदेशी लगानी गैरआवासीय नेपालीमार्फत नेपाल भित्र्याउने, अन्तरराष्ट्रिय विमानस्थलमा ‘एनआरएनए डेडिकेटेड डेस्क’ स्थापना, श्रम सम्झौता नभएका मुलुकमा श्रम सम्झौता गर्नेलगायतका विषयका समस्या समाधान गर्ने विषयमा सरकार सकारात्मक रहेको स्पष्ट पारे । 
 
छलफलमा सहभागी गृहसचिव टेकनारायण पाण्डेलाई गृहमन्त्री खाँणले अन्तरराष्ट्रिय विमानस्थलमा रहेको समस्या अविलम्ब समाधान गर्न दिर्नेशन दिए । विमानस्थलमा रहने अध्यागमन, सुरक्षा, भन्सार र वातावरण सम्बन्धी मन्त्रीको बैठक राख्न पनि सचिव पाण्डेलाई गृहमन्त्री खाँणले निर्देशन दिए । 
 
त्यस्तै गृहमन्त्री खाँणले गैरआवासीय नागरिकका लागि अस्पताल निर्माण गर्ने जग्गा खोज्न काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर गर्न पनि सचिव पाण्डेलाई निर्देशन दिए । गृहसचिव पाण्डेले अरेविया, साइप्रसलगायतका मुलुकमा देखिएको समस्याबारे सरकार सचेत रहेको बताए । 

शेयर गर्नुहोस:

1.8k
Shares