एक पटक, यसै पटक । यो नेपाली कांग्रेस सभापति उम्मेदवार शेखर कोइरालाको चुनावी स्लोगन हो । वर्तमान सभापति शेरबहादुर देउवाको प्रतिस्पर्धामा इतर समुहवाट को एकजनाले सभापतिमा उम्मेदवारी दिने प्रयास भएको थियो । उम्मेदवार दर्ता नगर्दा सम्म शेखर उठ्छन उठ्दैनन भन्नेमा शंका थियो ।
तर, जव सभापति पदका अर्का आकांक्षी शशांक कोइरालाले आफुलाई यो दौडवाट अलग गरेपछि शेखरको वाटो खुला भएको थियो ।
शेखरको सवैभन्दा ठुलो अवरोध नै शशांक थिए । शशांक र शेखर एउटै पदमा प्रतिस्पर्धा नगर्ने लगभग पक्का थियो । कोइराला परिवारमा शेखरको भन्दा शशांकको पक्ष भारी थियो । बीपी कोइरालाका छोरा भएर पनि शशांक अहिलेका सवैभन्दा बलिया प्रतिस्पर्धी थिए ।
कांग्रेस स्थापनाका शुरुका बर्षमा कोइराला परिवार भित्रवाटै नेतृत्वका लागि खिचातानी भएको थियो । यसले कांग्रेसमात्र कमजोर भएन तत्कालिन राजाले खेल्ने मौका समेत पाए । यसपटक दुवैले यो वुझेका थिए । शेरबहादुर देउवाको सवैभन्दा ठुलो प्रतिस्पर्धी हुन सक्ने हैषियत हुदां हुदैं शशांकले दावी छाडीदिए ।

अव के हुन्छ ? देउवा पक्ष्ँधरहरु एक पटकमा उनको ५० प्रतिशत भन्दा वढी भोट आउने दावी गर्छन । तर, धेरेको अनुमान विद्यमान अवस्थामा चुनाव दोस्रो पटकमा जाने संभावना छ । कांग्रेस विद्यानमा सभापती निर्वाचित हुन ५० प्रतिशत भोट ल्याउनु पर्छ । पहिलो चरणमा कसैले ५० प्रतिशत ल्याएन भने पहिलो र दोस्रो हुने विच फेरी चुनाव हुन्छ ।
यस पटक दोस्रोमा शेखर आउने धेरैको अनुमान छ । दोस्रो चरणको चुनाव भयो भने फेरी नयां समिकरण वन्ने छ । यो समिकरण कस्तो वन्छ यसले नै देउवा र शेखरको भाग्यको फैसला हुने छ ।
देशमा धेरैको चाहना देउवाले पनि अव राजनीतिवाट अवकास लिउन भन्ने थियो । यसलाई संकेत गर्दै देउवाले उम्मेदवारी पछि भने माग गर्नु होला यसपटक मैले तपाईहरुको चाहना पुरा गर्न सकिन । देउवालाई पावरमा वस्न बानिपरिसकेको छ । उनी त्यहांवाट झर्न चाहंदैनन भन्ने देखाएको छ । यो उनको सवैभन्दा कमजोर पक्ष हो । उनी इमान्दार नेता हुन भन्ने आम वुझाई पनि छैन । उनले छानेका उपसभापती विजय गच्छेदार प्रति पनि आम धारणा सकरात्मक छैन ।
तर, कांग्रेसमा यस पटक देखिएको राम्रो पक्ष उद्घाटन सत्रमा मलाई यस पटक जिताईदिनुहोस भन्ने देउवाले आफ्ना कार्यकर्ता सामु पटक पटक हात भने जार्नु पर्यो । यो पुपिल्स पावर र प्रजातन्त्रको विशेषता हो । अहिले गुट उपगुट भएपनि उम्मेदवारमा देखिएको प्रतिस्पर्धाले कांग्रेसलाई चुनाव पछि सम्हालेर लान सकियो भने यो प्रजातन्त्रमा विश्वास गर्नेको जित हुन्छ । अर्को पांचबर्षमा कांग्रेस यस भन्दा वलियो र चुनाव पनि संस्थागत र सहज हुदैं जान्छ ।
शेखरसंग तुलनात्मक रुपमा सफा छवि भएको टिम छ । युवा अनुहार धेरै छन् । उनले टिमले आशा जगाउन सक्छ । शेखर भने आफैं कार्यकर्ता माझ त्यत्ति लोकप्रिय छैनन् । उनमा गिरिजाप्रसाद कोइरालाको प्रभाव भने देखिन्छ । शेखरलाई राम्रोसंग चिनेका कोइराला परिवारमा लामो समय विताएका कांग्रेसी भन्छन् शेखरलाई गिरिजाप्रसाद कोइराजा जस्तो वन्छु भन्ने छ । गिरिजाले पनि आफुलाई समस्या पर्दा शेखरलाई उपयोग गर्थे । यो प्रभाव शेखरमा देखिन्छ ।

शेखरका लागि सवैभन्दा ठुलो समस्या दोस्रो चरणमा चुनाव गए प्रकाशमात्र सिंहको समर्थन प्राप्त हुन्छ हुदैंन भन्ने हो । पटक पटक कोइराला परिवारलाई गणेशमान सिंहको परिवारले त्याग मात्र गरेको कुरा प्रकाशमानले पटक पटक उठाएका छन् । उनको आग्रह एक पटक सभापतीका लागि कोइराला परिवारले त्याग गर्नु पर्यो भन्ने थियो । तर, शेखरले मानेनन् । प्रकाशमानको मनमा यो कति गहिरो रुपमा रहन्छ त्यसले उनको समर्थन हुने नहुने निर्भर हुन्छ ।
यस पटक उम्मेदवारमा सवैभन्दा बलियो भने गगन थापा नै हुन् । उनले अत्याधिक मत ल्याउने लगभग पक्का छ । उपसभापतिमा कुने गुटमा नपरेका शालिन र बौद्धिक नेता महेश आचार्यले कति भोट ल्याउलान यसले विशेष महत्व राख्ने छ ।













प्रतिक्रिया