मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा दुई करोड मात्रा खोप लगाइयो

नेपालमा दुई करोड मात्रा खोप लगाइयो


काठमाडौँ । नेपालमा कोरोना भाइरसविरुद्धको दुई लाख मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोप दुई करोड मात्रा लगाइएको बताए । उनका अनुसार दुई करोड दुई लाख ३४ हजार ८२२ मात्रा खोप लगाइएको छ । 
 
तीमध्ये एक करोड १० लाख ६६ हजार ४६४ जनाले एक मात्रा र ९१ लाख ६८ हजार ३५८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । सबैभन्दा बढी शुक्रबार खोप लगाएका छन् । उनका अनुसार तीन लाख २९ हजार ३२१ जनाले खोप लगाएका छन् । सरकारले दैनिक दुई लाख जनालाई खोप उपलब्ध गराउने व्यवस्था गरेको छ । 
 
सरकारले गत माघदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरेको हो । अहिले सबै नागरिकलाई सरकारले खरिद गरेर र कोभ्याक्समार्फत ल्याएका खोप लगाउँदैछ । यस्तै लक्षितमध्ये ५५.५ प्रतिशतले पहिलो मात्रा र ४६ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । 
नेपालमा एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने सरकारको लक्ष्य छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले दुई करोड ९४ लाख ५३ हजार ७३० मात्रा खोप आइपुगेको छ । रासस 
 

शेयर गर्नुहोस:

27
Shares