मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बिहीबार थप २११ जनामा कोरोना सङ्क्रमण, दुईको मृत्यु

बिहीबार थप २११ जनामा कोरोना सङ्क्रमण, दुईको मृत्यु


काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा थप २११ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा नौ हजार ४५१ को पिसिआर परीक्षण गरिएको थियो । 
 
योसँगै नेपालमा पिसिआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख २३ हजार ५५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९५ हजार ७०१ पुगेको छ । 
 
पछिल्लो समय थप ३२९ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख पाँच हजार ९०० पुगेको छ । निको हुने दर ९७ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 
 
पछिल्लो २४ घन्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४९ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १।४ प्रतिशत छ । 
 
त्यसैगरी, पछिल्लो समय तीन लाख ३७ हजार १७२ ले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार १२५ छ । हाल होम आइसोलेसनमा पाँच हजार ८३३, संस्थागत आइसोलेसनमा २७२, सघन उपचार कक्षमा १२१ र भेन्टिलेटरमा ३० जनाको उपचार हुँदैछ । रासस

शेयर गर्नुहोस:

0
Shares