मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बुधबार थपिए २८० सङ्क्रमित, दुई जनाको मृत्यु

बुधबार थपिए २८० सङ्क्रमित, दुई जनाको मृत्यु


काठमाडौँ । पछिल्लो २४ घन्टामा थप २८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १२ हजार १७४ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
 
योसँगै नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २३ हजार ३५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
 
त्यस्तै एन्टिजेन विधिबाट परीक्षण गर्दा ९५ हजार ६८७ मा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय थप ३३६ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै आठ लाख पाँच हजार ५७१ सङ्क्रमणमुक्त भएका छन् ।
 
पछिल्लो २४ घन्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४५ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १।४ प्रतिशत छ ।
 
त्यसैगरी पछिल्लो समय दुई लाख लाख ८३ हजार १३२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार २३९ छ ।
 
हाल होम आइसोलेसनमा पाँच हजार २१३, संस्थागत आइसोलेसनमा ३२६, सघन उपचार कक्षमा ११८ र भेन्टिलेटरमा २९ जनाको उपचार भइरहेको छ । रासस

शेयर गर्नुहोस:

297
Shares