मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मंगलबार ३१५ जनामा सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु

मंगलबार ३१५ जनामा सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु


काठमाडौँ । पछिल्लो २४ घन्टामा थप ३१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८१० जनाको कोरोना परीक्षण गरिएको थियो । 
 
योसँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा ६ हजार ३५२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३०४ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख पाँच हजार २०५ पुगेको छ । निको हुने दर ९७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 
 
पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर छन् । दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, भक्तपुर, कास्की, पूर्व नवलपरासी, बाँके र कैलाली छन् । यस्तै शून्य सङ्क्रमित भएका जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, सल्यान र मुगु छन् । 
 
नेपालमा सङ्क्रमण दर १७.६ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा ६ हजार १३, संस्थागत आइसोलेसनमा ३३९, आइसियूमा १२३ र भेन्टिलेटरमा ३० जनाको उपचार हुँदैछ ।  
 
पछिल्लो २४ घन्टामा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४५ पुगेको छ । त्यसैगरी पछिल्लो समय एक लाख २७ हजार ७५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । 
 
अहिलेसम्म खोपको पहिलो मात्रा एक करोड ५ लाख चार हजार ७६४ जनाले र पूर्ण मात्रा ८७ लाख ८० हजार ४३३ जनाले लगाएका छन् । रासस 
 

शेयर गर्नुहोस:

108
Shares