मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बिहीबार थपिए ३१५ सङ्क्रमित, छ जनाको निधन

बिहीबार थपिए ३१५ सङ्क्रमित, छ जनाको निधन


काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा थप ३१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा ११ हजार ४०३ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
 
यससँगै नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षणपछि भएका सङ्क्रमितको सङ्ख्या आठ लाख २१ हजार ९४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 
 
एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ५४६ पुगेको छ । पछिल्लो समय थप २७३ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख २०१ पुगेको छ । निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 
 
कोरोनाबाट छ जनाको मृत्यु 
 
पछिल्लो २४ घन्टामा कोरोनाबाट थप छ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५३५ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको छ । 
 
हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ४५ रहेको छ । हाल होम आइसोलेसनमा छ हजार ७१५, संस्थागत आइसोलेसनमा ३३०, आइसियूमा ११० र भेन्टिलेटरमा ३८ जनाको उपचार हुँदैछ । रासस

शेयर गर्नुहोस:

891
Shares