मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनएमा संकट अझै गहिरिँदै

एनआरएनएमा संकट अझै गहिरिँदै

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- गैर आवासीय नेपाल संघ (एनआरएनए) मा संकट अझ गहिरो हुदै गएको छ । एउटा पक्षले चुनाव गर्न लागेको छ भने अर्को पक्ष यसमा सहभागी नहुने भएको छ । 
 
नयां नेतृत्वका लागि निर्वाचन तालिका आए पनि कयौं राष्ट्रिय समन्वय परिषद (एनसीसी) र एउटा समुह नै यसमा सहभागी नहुने भएको छ । 
 
यस अघि विभिन्न पदमा चुनाव उठ्ने घोषणा गरेको कयौं उम्मेदवारले हिमालयखवरसंव यही अवस्थामा चुनावमा सहभागी हुने कुरा नै आउंदैन भन्ने प्रतिकृया दिएका छन् । 
 
एनआरएनएका आधार स्तम्भ मानिएका एनसीसीले परराष्ट्र मन्त्रालयको सुझाव विपरित वर्तमान कार्यसमितिले गर्नलागेको चुनावको पहिले नै विरोध गरिसकेको छ । 
 
एनआरएनए निर्वाचन समितिले अनलाइन मार्फत पुस ११ र १२ गते चुनाव गर्ने गरी तालिका सार्वजनिक गरेको छ । तर, यस चुनाव प्रति चासो खासै देखिएको छैन । एनआरएनएका उपाध्यक्ष लगायत केही पदाधिकारीले नै यो चुनाव तालिकाको विरोध गरेका छन् । 
 
विवाद सल्टाउन असक्षम वर्तमान कार्यसमितिले एक पछि अर्को निर्णयले संस्थालाई गहिरो संकटमा पार्दै लगेको छ ।
 
केही साता अघि एनसीसी पदाधिकारी भेलाले तयार पारेको सुझाव कार्यान्वयन लगायतका विषयमा छलफल गर्न बुधवार भेला डाकिएको छ । 
 
यो भेलामा अहिलेको अवस्थामा चुनावमा सहभागी नहुने वारेमा छलफल हुने वताईएको छ । तर, एनआरएनए अध्यक्ष कुमार पन्तले भने यो एनसीसी विच हुन लागेको छलफलको समेत विरोध गरेका छन् । 
 
परराष्ट्र मन्त्रालयले एनआरएनएलाई चुनावका कार्यक्रम नगर्ने, र वर्तमान कार्यसमितिलाई महत्वपुर्ण असर पर्ने निर्णय नगर्न भनेको थियो । एनआरएनए वर्तमान कार्यसमिति पराराष्ट्रको यस निर्णय विरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले अहिलेको अवस्थामा मन्त्रालयको पत्र अनुसार कुनै पनि कार्य नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।