मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   

एनआरएनएको स्थगित चुनाव डिसेम्बर १९ मा हुने

एनआरएनएको स्थगित चुनाव डिसेम्बर १९ मा हुने


शेयर गर्नुहोस:

2.8k
Shares

  • change font
  • change font
  • change font

अमेरिका – गैर आवासीय नेपाली संघले स्थगित चुनाव डिसेम्बर १९ मा गर्ने सार्वजनिक गरेको छ । 
 
अक्टोबर तेस्रो साता हुने कार्यक्रम रहेको एनआरएनएको चुनाव विवादका कारण स्थगित भएको थियो । नोभेम्ब १९ मा विज्ञप्ति सार्वजनिक गर्दै एक महिना पनि कम समय राखेर हतारमा अर्को निर्वाचन तालिका सार्वजनिक गरिएको हो । 
 
विज्ञप्तिमा एनआरएनएको दशौं महाधिवेशन डिसेम्बर १९ र २० मा हुने उल्लेख छ । 

 
एनआरएनए विदेशमा वस्ने नेपालीको पक्षमा लविगं गर्न गठन भएको संस्था हो । परराष्ट्र मन्त्रालयमा दर्ता भएको एनआरएनएले अहिले विदेशमा वस्ने नेपालीको मुद्दालाई सही रुपमा उठाउन नसकेको आरोप लाग्दै आएको छ । नेपाली भएका विश्वका ८० भन्दा वढी देशमा फैलिएको एनआरएनएका करिव एक लाख ५ हजार सदश्य रहेको वताईएको छ । 
 
विदेशमा वस्ने नेपालीको संख्या करिव ५० लाख रहेको अनुमान छ । यस तुलनामा एनआरएनएको सदश्य संख्या निकै कम हो ।
 
एनआरएनए अध्यक्ष कुमार पन्त द्धारा जारी विज्ञप्तिमा परराष्ट्रमन्त्रीसंगको घनिभूत छलफल पछि चुनाव र महाधिवेशनको निर्णय गरिएको उल्लेख छ ।

शेयर गर्नुहोस:

2.8k
Shares