मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पत्रकार शर्माका परिवारलाई नेजाको सहयोग

पत्रकार शर्माका परिवारलाई नेजाको सहयोग


र्णाली । दुई वर्षअघि बोनम्यारो रोगबाट मृत्यु भएका सुर्खेतका पत्रकार डिलप्रकाश शर्माको परिवारलाई नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले आर्थिक सहयोग प्रदान गरेको छ । 
 
नेजाका अध्यक्ष विकासराज न्यौपाने, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलसहितको टोलीले बिहीबार शर्माको वीरेन्द्रनगरस्थित घरमा पुगेर रु ६५ हजारको चेक हस्तान्तरण गरेको हो । उक्त चेक शर्माकी आमा खगिसरा जैसीलाई हस्तान्तरण गरिएको थियो । 
 
चेक बुझ्दै स्व पत्रकार शर्माकी आमा खगिसराले छोरालाई बचाउन पत्रकार महासंघले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् । नेजाका अध्यक्ष न्यौपानेले आफूहरु अमेरिकामा रहे पनि नेपालका सञ्चारकर्मीको सुख–दुःखको सारथि बनेको बताए ।
 
महासंघ केन्द्रीय अध्यक्ष पोखरेलले नेजाले नेपाली पत्रकार र उनीहरुका परिवारलाई विभिन्न सहयोग गर्दै आएकोमा कृतज्ञता व्यक्त गरे । स्व पत्रकार शर्मा सुर्खेतमा रहेर साझा बिसौनी दैनिक र देश सञ्चार अनलाइनमा कार्यरत थिए । 
 
२३ वर्षीय शर्माको विसं २०७६ कात्तिक २८ गते उपचारको क्रममा काठमाडौँको सिभिल अस्पतालमा निधन भएको थियो । 

Advertisement

शेयर गर्नुहोस:

621
Shares