मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष न्यौपानेलाई कास्कीमा न्यानो आतिथ्यता

नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष न्यौपानेलाई कास्कीमा न्यानो आतिथ्यता


कास्की । नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष विकासराज न्यौपानेलाई कास्कीमा स्वागत तथा न्यानो आतिथ्यता प्रदान गरिएको छ ।  
 
नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष बिमला भण्डारीलगायत कार्यसमिति एवं पत्रकारहरुले अध्यक्ष न्यौपानेलाई आतिथ्यता प्रदान गरेका हुन् । भेटवार्ताका क्रममा प्रवासको पत्रकारिता एवं अमेरिकामा नेपाली मूलधारको मिडियामार्फत नेपालीहरुको सुखदुःखमा सहकार्य तथा नेपाली दूतावाससँगको समन्वयमा भएका गतिविधिबारे न्यौपानेले प्रकाश पारेका थिए । 

 
अध्यक्ष न्यौपानेको अगुवाइमा अमेरिकाको टेक्सस राज्यबाट प्रतिनिधिमूलक हिमालय खबर अनलाइन पत्रिका सञ्चालित छ । उनी सो अनलाइनका प्रबन्ध सम्पादक हुन् । न्यौपानेले आफ्नो पछिल्लो नेपाल भ्रमण अर्थपूर्ण रहेको जनाएका छन् ।  
 
उनले कास्कीका पत्रकारले न्यानोे आतिथ्य प्रदान गरेकोमा विशेष आभार प्रकट गरेका छन् । बुधबार अध्यक्ष भण्डारीसँग उनको कार्यकक्षमा भलाकुसारी गर्दै पत्रकारहरुको हकहित र पेसागत सुरक्षाका विषयमा चर्चा गरिएको थियो ।  
 
अध्यक्ष न्यौपानेले प्रवासमा रहेर नेपालीहरुको हितमा काम गरिरहेको भन्दै नेपालमा पनि पत्रकारको सुखदुःखमा हातेमालो गर्दै आइरहेको बताए । न्योपानेको साथमा नेजाका सदस्य कल्याण गौतम पनि रहेका थिए ।  

Advertisement
 
मंगलबार नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेललगायतको टोलीले गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापासँग भेटवार्ता गरेको थियो । 
 
भेटका क्रममा मिडिया विधेयकलाई प्रेसमैत्री बनाउन मन्त्रीसँग आग्रह गरेका थिए । 
 

शेयर गर्नुहोस:

1.4k
Shares