मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मकालु आधार शिविरमा एक डेनिस नागरिकको मृत्यु

मकालु आधार शिविरमा एक डेनिस नागरिकको मृत्यु


किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु आधार शिविरमा एक डेनिस नागरिकको मृत्यु भएको छ । मकालु–२ मकालु आधार शिविरमा डेनमार्कका हेन्रिक थोर्वजन एडर्सनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी शुभेष अधिकारीले जानकारी दिए । 
 
विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका लागि मकालु आधार शिविर पुगेका डेनमार्कका नागरिक थोर्वजन एडर्सनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले पुष्टि गरेको छ । 
 
प्रहरी कार्यालयका सूचना अधिकारी शुभेष अधिकारीका अनुसार थोर्वजन एडर्शनको मकालु आधार शिविरभन्दा केही माथि शनिबार दिउँसो मृत्यु भएको हो । गत असोज २५ गते ३ विदेशी पर्यटकसहित १० जनाको टोली ताप्लेजुङ हुँदै मकालुतर्फ आधार शिविर गएका थिए । 
 
हिउँमा फसेकाको उद्धार 
 
मकालु आधार शिविरमा फसेका दुई विदेश पर्यटकसहित एक नेपालीको सकुशल उद्धार गरिएको छ । आइबार दिउँसो दुईजना डेनिस नागरिक र एकजना नेपालीको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ । मकालु आधार शिविरको हिउँमा फसेका अन्य ६ जना नेपाली नागरिका उद्धारको पहल भइरहेको उद्धारमार्फत काठमाडौँ पुगेको नीरज कार्कीले बताए । 
 
आइतबार दिउँसो हेलिकप्टरमार्फत काठमाडौँ पुग्नुभएका कार्कीका अनुसार ६ नेपाली नागरिकसहित मृतक डेनमार्कका हेन्रिक थोर्वजन एडर्शन अहिले मकालु आधार शिविरमै रहेको बताए । मृतक थोर्वजन एडर्शनसहित ६ नेपालीलाई हेलिकप्टरमार्फत उद्धार गर्न लागिएको कार्कीले बताए । 
 
यसअघि गत सोमबार मकालु आधार शिविर घुम्न गएका सूर्योदय नगरपालिका–५ श्रीअन्तु इलामका ३२ वर्षीय धरणी घिमिरेको लेक लागेर मृत्यु भएको थियो । रासस
 

शेयर गर्नुहोस:

27
Shares