मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए एनसीसी भेला

एनआरएनए एनसीसी भेला

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका – गैर आवासीय नेपाल संघ राष्ट्रिय समन्वय परिषद (एनसीसी) विश्व भेलाको औचित्य छ कि छैन ?  आयोजक मध्येका एक एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी भन्छन् , आपसी अनुभव सुन्न सुनाउन, अहिले आईरहेका विषय र साझा हितका विषयमा छलफल गर्ने उद्देश्यले भेला आयोजना गरिएको हो । 
 
 एनआरएनए आईसीसीको विश्व सम्मेलन र चुनाव स्थगित भएको अवस्थामा यो भेलाको अझै महत्व छ सुवेदीले भने भेलाले एनआरएनएलाई सहयोग नै पुग्छ कुनै बेफाइदा हुदैन, एनआरएनए अभियानलाई मजबुत वनाउन भेला गरिएको हो । 
 
 आउने अक्टोबर २४ तारिखमा एनसीसी विश्व भेला राखिएको छ । निर्वाचन भएका ६२ देशका एनसीसी मध्ये ५९ देशसँग भेलाका लागि सम्पर्क भईसकेको बताईएको छ । शुरुमा समान्य उद्घाटन र त्यसपछि एनसीसी अध्यक्षहरुको बन्द सत्र हुने छ । यो भेला भचुर्यल अनलाइन मार्फत हुन लागेको हो । 
 
एनआरएनए भित्र विवादका कारण काठमाडौमा यसै साता हुने भनिएको एनआरएन साधारण सभा र चुनाव स्थगित भएको थियो । यो अवस्थामा हाम्रो भेलाले एनआरएनएलाई थोरै भएपनि सहयोग पुग्छ भन्नेमा हामी आशावादी छौं सुवेदीले भने । एनआरएनए अमेरिका सदस्य संख्याका दृष्टिले सवैभन्दा ठुलो एनसीसी हो । यही कारण पनि यो भेलाका लागि एनसीसी अमेरिका अध्यक्ष सुवेदीले संयोजन गरेका छन् । 
 
बन्दसत्रमा विदेशमा वस्ने नेपालीका साझा समस्या, संस्थालाई अझ कसरी मजबुत वनाउने जस्ता विषयमा छलफल हुने छ, सुवेदीले भने यसको निष्कर्ष हामी आईसीसीलाई दिने छौ हाम्रो यत्ति उद्देश्य हो । 
 
आईसीसीले बुधवार यो भेलाको तयारीमा संलग्न एमसीसीलाई पत्र पठाई रोक्न भनेको छ । बुझाईको समस्याले गर्दा यस्तो पत्र आएको जस्तो लाग्छ सुवेदीले भने हाम्रो सामान्य उद्देश्य छ, एनसीसी विच एक आपसमा छलफल हुनु ठुलो कुरा पनि होइन यसको निष्कर्ष हामी आईसीसीलाई दिन्छौं यो आईसीसीको पक्षमा हुने छ । 
 
भेला आयोजकले शुक्रवार सम्म उद्देश्य स्पष्ट गरी अध्यक्ष पन्तलाई भेलामा सहभागी भई सम्वोधन गर्न औपचारिक निमन्त्रणा दिने तयारी गरेका छन् । एनसीसी विच खुला र पारदर्शी छलफल गर्न भेला आयोजना गरिएको हो सुवेदीले भने यहां कुनै अमुक एजेन्डा र उद्देश्य छैनन् ।
 
 विदेशमा वस्ने नेपालीका एजेण्डा उठाउन गठन भएको एनआरएनए अहिले विश्वका ८० भन्दा वढी देशमा फैलिएको छ । यसका सदस्य १ लाख ५ हजार छन् । 
 
एक पछि अर्को विवाद कारण एनआरएनएको विश्व भेला र चुनाव रोकिएको थियो । यसै कारण विद्याको व्यवस्था अनुसार वर्तमान कार्यसमितिको समय ६ महिना थपिएको छ । नयां नेतृत्वका लागि चुनाव र रोकिएको साधारण सभा कहिले हुन्छ अन्यौल छ ।