मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए कार्यसमितिको अवधि ६ महिना वढ्यो

एनआरएनए कार्यसमितिको अवधि ६ महिना वढ्यो

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- एनआरएनए कार्यसमितिको अवधि ६ महिना थप गर्ने औपचारिक निर्णय भएको छ । शनिवार भएको एनआरएनए कार्यसमिति वैठकले ६ महिना अवधि थप गर्ने र संभव भएसम्म नोभेरम्बर महिनाको अन्तिम सम्म नयां नेतृत्वका लागि चुनाव गर्ने निर्णय गरेको छ ।
 
बैठकले अहिले देखिएको डेलिगेट चयनको विवाद, अन्य समस्या र परराष्ट्रको पत्र लगायतका विषयमा निर्णय लिने सम्पुर्ण अधिकार अध्यक्ष कुमार पन्तलाई दिएको छ । परराष्ट्र मन्त्रालयसंग छलफल गरी अहिलेको विवाद टुंग्याउने पनि पन्तलाई अधिकार दिएको छ । 
 
एनआरएनएले यसै साता चुनाव र काठमाडौमा साधारण सभा गर्ने घोषणा गरेको थियो । तर, परराष्ट्र केही व्यक्तिले हालेको उजुरी पछि एनआरएनएलाई विवाद सल्टाएर मात्र चुनाव गर्न भनेकाले चुनाव र सभा रोकिएको थियो ।

तर, नोभेम्बर अन्तिमसम्म चुनाव गर्ने सकिने अवस्था भने नभएको पदाधिकारीले वताए । चुनाव ६ महिनासम्म लम्बिनपनि सक्छ बैठकमा सहभागी ति पदाधिकारीले भने । बैठकमा अध्यक्ष पन्तले दशैं विदा सकिएर सरकारी काम नियमित भएसंगै परराष्ट्र मन्त्रालयका अधिकारीसंग वार्ता गर्ने औपचारिक वार्ता गर्ने जानकारी दिएका थिए । 

 
वैठकमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका कुल आचार्यले एनआरएनए भित्र धेरै विवाद आएको वताउंदै कार्यसमितिको आलोचना गरेका थिए । तर, अध्यक्ष पन्तले यो विवाद समाधान गर्न तपाईसंग के उपाय छ त भन्ने प्रश्न राखेका थिए । यसवारेमा आचार्यले कुनै ठोस उपाय सुझाउन भने सकेनन बैठकमा सहभागी एक पदाधिकारीले भने । 
 
अध्यक्ष पन्तले विवाद छ भने के छ लिखित रुपमा भन्न वा समस्या मिलाउनका लािग प्रतिनिधि तोक्न आचार्यसंग आग्रह गरेका थिए । तर, आचार्यले यसको पनि जवाफ दिन नसकेको वताईएको छ । 
 
अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्ने उपाध्यक्ष रविना थापाले अध्यक्ष पदमा उम्मेदवारी दिने तिनै जनाले दुई दुई प्रतिनिधि तोकेर विवाद समाधानका लागि समिति वनाउन सकिने वताएकी थिईन । 
 
उपाध्यक्ष तथा अध्यक्षमा उम्मेदवारी दिएका बद्री केसीले भने विद्यार्थी र भुटानका नागरिक सदश्य वनेका छन् भने छानविन गरेर हटाउनु पर्ने वताएका थिए । बैठकमा एनआरएनए एनसीसी अमेरिकाका अध्यक्षको संयोजकत्वमा हुने भनिएको एनसीसीहरुको भेलाका बारेमा भने कुनै कुरा उठेन । यो भेला अध्यक्ष कुमार पन्तसंग नसोधिकन गरिएको दावी एक पदाधिकारीले गरे । 
 
अध्यक्ष पन्तले यसभेलाका वारेमा कसैले पनि आफुलाई नसोधिएको वताएका छन् ती पदाधिकारीले भने । अहिलेको सन्दर्भमा यो भेलाको औचित्य नरहेको धेरै पदाधिकारीले वताए । यस अघि पनि एनसीसीका पदाधिकारी विच अनलाइनमा यस्तै छलफल भने भएको थियो ।