काठमाडौँ । बंगलादेशविरुद्ध बराबरी खेल्दै नेपालले साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ । नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।
आजको म्याचमा नेपाललाई कम्तीमा बराबरी नतिजा आवश्यक थियो भने बंगलादेश जितको खोजीमा थियो । बंगलादेशले ९ मिनेटमै अग्रता लिएपछि नेपाल दबाबमा परेको थियो ।
अन्ततः खेलको ८२ औँ मिनेटमा अञ्जन विष्टले पेनाल्टीले खेल बराबरीमा रोकियो । अन्ततः नेपाल इतिहास रच्दै साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
प्रतिक्रिया