खेलकुद

कोभिड खोप नलगाएका कारण ब्राजिलका राष्ट्रपति फुटबल हेर्नबाट वञ्चित

प्रकाशित |
ब्राजिलिया । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले  कोभिडविरुद्धको खोप नलगाएकाले आफूलाई सान्तोस बनाम ग्रेमियो फुटबल म्याचमा प्रवेश निषेध गरिएको जानकारी दिएका छन् ।  
 
राष्ट्रपतिको प्रेससँगको कुराकानीको सार्वजनिक भिडियोमा राष्ट्रपतिले आफूमा खोप लगाएकामा भन्दा बढी इन्टिबडी भएको दाबी गरेका छन् । उनले भने, किन खोप कार्ड चाहियो ? किन पासपोर्ट चाहियो ? म केवल खेल हेर्न चाहन्छु ।
 
स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार राष्ट्रपति बोल्सोनारो हाल साओ पाउलोमा बिदामा रहेका छन् । ब्राजिलका नेताले कोरोनाभाइरस विरुद्धको खोपप्रति शंका व्यक्त गर्ने गरेका छन् । त्यहाँ उल्लेख्य मात्रामा खोप लगाइएको पनि छैन । 
 
उनी जुलाई २०२० मा कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए । केही हप्ता क्वारेन्टिनमा बसेपछि नियमित काममा फर्किएका थिए । राष्ट्रपति बोल्सोनारो जो लकडाउनको एक कट्टर विरोधी पनि हुन् जसले मास्कसमेत लगाउने गरेका छैनन् । एजेन्सी

यो पनि पढ्नु होला>> आन्तरिक राजनीतिको गोटी बनाइदैछ एमसिसीलाई । जनताबीच एक आपसमा लडाउने र भीडाउने हतियार बनाइदैछ एमसिसीलाई -रामचन्द्र भट्ट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया