मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए कार्यसमितिको अवधि ६ महिना थपिने, यस बीचमा चुनाव पनि गरिने

एनआरएनए कार्यसमितिको अवधि ६ महिना थपिने, यस बीचमा चुनाव पनि गरिने

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- गैरआवासीय नेपाली संघ (एनआरएनए) मा वर्तमान कार्यसमितिको समय विधानअनुसार ६ महिना थप गर्ने र यो अवधिमा अहिले आएको समस्या समाधान गरेर नयाँ नेतृत्वका लागि चुनाव गरिने भएको छ । 
 
सचिवालयका पदाधिकारी अध्यक्ष, उपाध्यक्षलगायत पदाधिकारी (आईएस)को बैठकले उक्त निर्णय गरेको हो । यो निर्णयलाई कार्यसमितिको बैठकमा लगेर तय गरिने भएको छ । पदाधिकारी बैठकमा दुई उपाध्यबीच भनाभनसमेत भएको थियो । 
 
निर्वाचनमा मत हाल्ने डेलिगेट छनोटका विषयमा विवाद आएको थियो । यसबारेमा परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि परराष्ट्रले तीनवटा निर्देशन दिएको थियो । यो निर्देशनका कारण यसै महिना हुने भनिएको आईसीसी कार्यसमितिको चुनाव स्थगित भएको थियो । 
 
संघको झन्डै दशक लामो इतिहामा २/२ वर्षको अक्टोबरमा हुँदै आएको निर्वाचन यसरी स्थगित भएको यो पहिलो घटना हो । 
 
अब चुनाव कुन दिन हुन्छ भन्ने मिति तोकिएको छैन । परराष्ट्र मन्त्रालय र सम्बद्ध पक्षसँग छलफल गरी विवाद सल्टाएर जाने पक्षमा आईसीसीका पदाधिकारीहरु देखिएका छन् । यसअनुसार ६ महिनाभित्र चुनाव हुने देखिएको छ । 
 
एनआरएनएमा यसै महिनाको तेस्रो साता अनलाइनमार्फत चुनाव र सम्मेलन गर्ने कार्यक्रम थियो । 
 
‘परराष्ट्रको पत्रको बारेमा छलफल हुनेछ, तर यसले हाम्रो अभियानमा केही समस्या भने पार्दैन,’ आईसीसी सचिव गौरी जोशीले भने, ‘यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं । परराष्ट्रको पत्रमा मुख्य रुपमा तीनवटा विषय समेटिएका छन् ।’ 
 
हेरौं परराष्ट्रले लेखेको पत्र जस्ताको त्यस्तै: