मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आइतबार थप ५९६ मा सङ्क्रमण, १० जनाको निधन

आइतबार थप ५९६ मा सङ्क्रमण, १० जनाको निधन


काठमाडौँ । विगत २४ घन्टामा ५९६ जनामा कोरोना भाइरसको सङक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ४०४ जनामा कोरोना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।
 
आज थपिएका सँगै देशभर सक्रिय सङ्क्रमित १५ हजार २४ रहेका छन् । पछिल्लो २४ घण्टामा ८७१ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७५ हजार ९४३ पुगेका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.७ प्रतिशत छ ।
 
यस्तै, सङ्क्रमणबाट पछिल्लो २४ घन्टामा १० जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार २३१ जनाको निधन भइसकेको छ । 
 
हाल देशभर ३२२ सघन उपचारकक्ष (आइसियू), ११३ भेन्टिलेटर, १३ हजार ८५९ होम आइसोलेसन, एक हजार १६५ संस्थागत आइसोलेसन र २३४ जना क्वारेन्टिनमा छन् । आज ७८ हजार ९२७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । रासस
 

शेयर गर्नुहोस:

0
Shares