मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

परराष्ट्रको जवाफले एनआरएनएमा भद्रगोल, चुनाव अन्यौलमा

परराष्ट्रको जवाफले एनआरएनएमा भद्रगोल, चुनाव अन्यौलमा

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका – गैर आवासिय नेपाली संघ (एनआरएनए) सम्मेलन र चुनाव अन्यौलमा परेको छ । परराष्ट्र मन्त्रालयले  एनआरएनए सम्मेलनमा सहभागी र भोट हाल्न पाउने डेलिगेटको विवाद, केही देशका राष्ट्रिय समन्वय परिषदका सदस्यता विवाद पल्टाएर फेरी चुनाव गर्न भनेपछि अन्यौल भएको हो । 
 
परराष्ट्र मन्त्रालयको निर्देशनले यस अघिनै विवादमा परेको एनआरएनएमा भद्रगोलको स्थिति आउने देखिएको छ । एनआरएनए नेपालको परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो । अव चुनाव कहिले हुन्छ यो स्पष्ट छैन । आईसीसीको वर्तमान कार्यसमितिको अवधि अक्टोबरमा सकिदैन छ । विद्यानमा यो अवधि ६ महिना सम्म थप्न सक्ने व्यवस्था छ । 
 
डेलिगेट छनौटमा अनियमितता भएको दावी गर्दै केही व्यक्तिले परराष्ट्रमा उजुरी गरेका थिए । यसको जवाफमा परराष्ट्रले यस्तो निर्णय गरेको थियो । परराष्ट्र मन्त्रालयको पत्रमा के भनिएको छ, यो सार्वजनिक भएको छैन । 
 
परराष्ट्रको पत्रले धेरै सदस्य रहेको एनसीसीको चुनाव रद्द हुन्छ, हुदैन भन्ने समेत वहस शुरु भएको छ । ६५ प्रतिशत डेलिगेट पुरानो कार्यसमितिले गर्नु पर्छ भन्ने विद्यानमा व्यवस्था नभएको परराष्ट्रको पत्रमा उल्लेख भएको बताईएको छ । पत्रमा विदेशमा पढ्ने नेपाली विद्यार्थी एनआरएनएको सदस्य भनेका छन् भने उनीहरुलाई हटाएर फेरी चुनाव गर्न भनिएको छ । पत्रको आशय नेपाल सरकार विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई कुनै पनि स्थितिमा एनआरएनए अभियानमा सहभागी नगराउन भन्ने रहेको देखिन्छ । 
 
विद्यार्थी सदस्य भएको अवस्थामा नवनिर्वाचित कार्यसमिति खारेज गर्ने आशय देखिन्छ । 
 
वर्तमान कार्यसमिति आएपछि एनआरएनएमा एक पछि अर्को विवाद आएका थिए । यो पत्र प्राप्त भएपछि अव के गर्ने भन्ने विषयमा आईसीसीका पदाधिकारी पनि स्पष्ट छैनन् । पदाधिकारीको औपचारिक बैठक राखेर निर्णय गरिने बताईएको छ ।