मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वरिष्ठ पत्रकार चन्दको ९५ वर्षको उमेरमा निधन

वरिष्ठ पत्रकार चन्दको ९५ वर्षको उमेरमा निधन


ञ्चनपुर । सुदूरपश्चिम क्षेत्रको पत्रकारिता क्षेत्रका धरोहर तथा वरिष्ठ पत्रकार रामबहादुर चन्दको आज ९५ वर्षको उमेरमा निधन भएको छ । 
 
काठमाडौँस्थित छोरीको घरमा उनको निधन भएको हो । प्रगतिशील विचारका चन्द सुदूरपश्चिम क्षेत्रमा पत्रकारिता क्षेत्रका अग्रणी व्यक्तित्वका रूपमा रहेका थिए । उनी पञ्चायतकालमा महेन्द्रनगरबाट विसं २०२६ मा महाकाली सन्देश पाक्षिक पत्रिकाबाट पत्रकारिता क्षेत्रमा लागेका थिए । 
 
विसं २०३३ मा उनले वार्ता साप्ताहिक पत्रिका सञ्चालन गरेका थिए । वार्ता साप्ताहिक एमाले प्रचार विभागले सञ्चालन गरेपछि उनले विसं २०४९ मा जनवार्ता अर्धसाप्ताहिक पत्रिका सञ्चालन गरेका थिए । बहुआयामिक व्यक्तित्वका धनी चन्द पत्रकार महासंघ कञ्चनपुरका संस्थापक सभापतिसमेत रहेका थिए ।  
 
पत्रकारिता पेशालाई मुख्य पेशा बनाएका चन्दले विसं २०४६ को आन्दोलनपछि पनि महेन्द्रनगरबाट चुरे टाइम्स दैनिक सञ्चालन गरेका थिए । उनले विसं २०५६ देखि करिब आठ वर्ष चुरे दैनिक पत्रिका प्रकाशित गरेका थिए । 
 
विसं २०६२/०६३ को जनआन्दोलनपछि उनी काठमाडौँस्थित छोरीको घरमा बस्दै आएका थिए । चन्दका श्रीमती र दुई छोरी छन् । बैतडी जिल्लाको सिगास गाउँपालिकामा जन्मिएका चन्द लामो समयदेखि बिरामी रहँदै आएका थिए । चन्द जनपक्षीय पत्रकारका रूपमा सुदूरपश्चिम क्षेत्रमा परिचित रहेका थिए । रासस

शेयर गर्नुहोस:

81
Shares