मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

देशभर ११५७ मा कोरोना पुष्टि, आठ जनाको मृत्यु

देशभर ११५७ मा कोरोना पुष्टि, आठ जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ११५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले १४ हजार ५४१ मा कोरोना परीक्षण गर्दा एक हजार १५७ मा सङ्क्रमण पुष्टि भएको जानकारी दिए । 
 
बिहीबार थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १८ हजार १९३ पुगेको छ । उनका अनुसार ५०० बढी सङ्क्रमित भएका जिल्ला नौ र २०० बढी सङ्क्रमित भएका जिल्ला १९ छन् । 
 
सो अवधिमा एक हजार ११३ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुने सात लाख ६४ हजार ८४७ छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६।३ प्रतिशत छ । सङ्क्रमणका कारण सो अवधिमा आठ जनाको मृत्यु भएको छ । 
 
हालसम्म सङ्क्रमणबाट ११ हजार १२३ को मृत्यु भइसकेको छ । हाल देशभर ३५४ जना आइसियू, ९९ भेन्टिलेटर, १६ हजार ८७८ होम आइसोलेसन, एक हजार ३१५ जना संस्थागत आइसोलेसन र २४४ जना क्वारेन्टिनमा छन् । 
 
बिहीबार दुई लाख ८६ हजार १४५ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । हालसम्म नेपालमा ७२ लाख १४ हजार ७४२ ले पहिलो मात्रा र ६२ लाख ३८ हजार एकले पूर्ण मात्राको खोप लगाएका छन् । रासस
 

शेयर गर्नुहोस:

108
Shares