मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मंगलबार थपिए ११५८ सङ्क्रमित, १२ जनाको मृत्यु

मंगलबार थपिए ११५८ सङ्क्रमित, १२ जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ११५८ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १४ हजार तीन जनामा कोभिड–१९ परीक्षण गर्दा एक हजार १५८ जनामा सङ्क्रमण पाइएको हो । 
 
मंगलबार थप भएकासँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ४२२ पुगेको छ । हाल सङ्क्रमण दर १८.९ प्रतिशत रहेको छ । 
 
यस्तै ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० रहेका छन् । मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, कास्की र रुपन्देहीमा पाँच सयभन्दा बढी सङ्क्रमित रहेका छन् । 
 
पछिल्लो २४ घन्टामा एक हजार ३१८ ले सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुने कुल सङ्ख्या सात लाख ६३ हजार ७३४ रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.३ प्रतिशत रहेको छ । 
 
यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घन्टामा १२ जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ११५ जनाको निधन भइसकेको छ । हाल देशभर ३६४ जना सघन उपचार कक्ष, १२० जना भेन्टिलेटर, १७ हजार १२५ जना होम आइसोलेसन, एक हजार २९७ जना संस्थागत आइसोलेसन र ३२८ जना क्वारेन्टिनमा रहेका छन् । 
 
यस्तै मंगलबार देशभरि दुई लाख आठ हजार ९० ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ६९ लाख ६० हजार ८२८ ले पहिलो मात्रा र ६२ लाख पाँच हजार ७७० जनाले पूर्ण मात्राको खोप लगाएका छन् । 

शेयर गर्नुहोस:

27
Shares