मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सोमबार १२८२ संक्रमित थपिए, १२६२ डिस्चार्ज

सोमबार १२८२ संक्रमित थपिए, १२६२ डिस्चार्ज


काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप एक हजार २८२  जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १५ हजार ४८८ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 
 
योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात लाख ९२ हजार ३६७ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९० हजार ८५४ रहेको छ । 
 
पछिल्लो समय  थप एक हजार २६२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६२ हजार ४१६ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव २ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । 
 
हाल नेपालमा १७ हजार ५३५ होम आइसोलेशन र एक हजार ३१३ जना संस्थागत आइसोलेसन रहेका छन् । त्यसैगरी ३८५ आइसियू र १२५ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ८४८ जना रहेको  छ । हाल क्वारेन्टिनमा रहनेको सङ्ख्या २५६ रहेको छ । 
 
सातको मृत्यु 
 
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार १०३ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप सात जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस रोगबाट हुने मृत्यु दर १।४ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय तीन लाख १२ हजार ८७४ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । रासस   
 

शेयर गर्नुहोस:

108
Shares