मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनएको अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा: आचार्यको पक्षमा भण्डारी

एनआरएनएको अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा: आचार्यको पक्षमा भण्डारी

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ- गैर आवासीय नेपाली संघ (एनआरएनए) को आउँदो महिना हुन लागेको निर्वाचनमा बेलायतका कुल कुल आचार्यले अध्यक्षमा पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौंको होटल याक एण्ड यतीमा पत्रकार सम्मेलन मार्फत आचार्यले उम्मेदवारी घोषणा गरेका हुन् ।

यस अघिनै अमेरिकाबाट रविना थापाले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेकी छिन् । अध्यक्षमा रुसमा व्यबसाय गर्दै आएका बद्री केसीले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । तर केसीले कार्यक्रम गरेर औपचारिक रुपमा घोषणा गर्न भने बाँकी छ ।

दुई वर्ष अघि भएको निर्वाचनमा वर्तमान अध्यक्ष कुमार पन्तसँग पराजित भएका आचार्यले यस पटक पनि दोहोर्याएर उम्मेदवारी घोषणा गरेका हुन् । यसपटक आचार्यलाई प्रवासमा रहेका नेपाली कांग्रेस समर्थकहरुको एउटा समूहले सहयोग गर्ने भएको छ ।

हुनतः लामो समय नेपाली कांग्रेसमा कृयाशील रविना थापालाई पनि कांग्रेस नेता, कार्यकर्ताहरुको सहयोग रहने संकेत देखिएको छ । आचार्यको पक्षमा अमेरिकाबाट वर्तमान उपाध्यक्ष सोनाम लामा खुलेर लागेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका महासमिति सदस्य हरिबोल भण्डारी पनि आचार्य पक्षमा देखिएका छन् । गत चुनावमा भण्डारी कुमार पन्तको पक्षमा थिए ।