मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

पासपोर्टमा बर्थप्लेस नेपाल लेखिएको छ भने त्यस्तो पासपोर्टमा नेपाल जांदा भिसा लगाउन नगर्ने व्यवस्था गर्न माग

पासपोर्टमा बर्थप्लेस नेपाल लेखिएको छ भने त्यस्तो पासपोर्टमा नेपाल जांदा भिसा लगाउन नगर्ने व्यवस्था गर्न माग

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- एनआरएनए अमेरिकाका पुर्व अध्यक्ष डा केशव पौडेलले विदेशी पासपोर्टमा जन्मस्थान नेपाल लेखिएको छ भने विना भिषा नेपाली प्रवेश दिन नेपाल सरकारसंग आग्रह गरेका छन् । 
 
न्यूयोर्कमा परराष्ट्र मन्त्री नारायण खड्काको सम्मानमा आइतवार आयोजित कार्यक्रममा पौडेलले उक्त आग्रह गरेका हुन् । यदी पासपोर्टमा बर्थप्लेस नेपाल लेखिएको छ भने त्यस्तो पासपोर्टमा नेपाल जांदा भिसा लगाउन नपर्ने कानुन वनाएर विदेशमा वस्ने नेपालीलाई सहुलियत दिन म आग्रह गर्छु पौडेलले भने । 
अमेरिकामा नागरिकता लिने विदेशीको पासपोर्टमा जन्मस्थानको ठाउंमा जन्मेको देश उल्लेख हुन्छ । पौडेलले विदेशमा वस्ने नेपालीलाई संविधानमा उल्लेख भएको एनआरएनए नागरिकता दिने प्रकृया छिटो सम्पन्न गर्न पनि आग्रह गरेका छन् । यदी विदेशमा वस्ने नेपालीको नागरिकताको मुद्दा सम्वोधन भएमा विदेशमा वस्ने नेपालीको नेपालमा लगानी वढ्ने डा पौडेलले दावी गरे । 
पेशागत रुपमा चिकित्सक भएपनि अमेरिका र नेपालमा विभिन्न व्यवसायमा लगानी गरेका पौडेलले नेपाल र अमेरिका विच दोहोरो कर तिर्नु पर्ने झन्झट हटाउन दुई देश विच यसवारेमा सम्झौता प्रकृया अगाडी वढाउन पनि आग्रह गरे ।