नेपाल

नेपालमा बिहीबार १५११ सङ्क्रमित थपिए

प्रकाशित |
काठमाडौँ । नेपालमा बिहीबार एकैदिन एक हजार ५११ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ हजार १७९ जनामा परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा सङ्क्रमणको दर १९.२ प्रतिशत पुगेको छ । 
 
यस्तै सक्रिय सङ्क्रमित २५ हजार ७७२ जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १० र २०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २२ पुगेका छन् । बिहीबार एक हजार ६८९ सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म सात लाख ४५ हजार २१५ कोरोनामुक्त भएका हुन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५।३ प्रतिशत रहेको छ । 
 
यस्तै, सङ्क्रमणबाट विगत २४ घण्टामा ११ जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार दुई जनाको निधन भएको छ । नेपालमा प्रतिदश लाखमा ३७०।८ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ । 
 
हाल ४०७ सघन उपचार कक्ष, १२८ भेन्टिलेटर, २४ हजार २२२ होम आइसोलेसन, एक हजार ५५० संस्थागत आइसोलेसन र २२० जना क्वारेन्टिनमा रहेका छन् । बिहीबार एक लाख १० हजार ८९९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । पहिलो मात्रा ६० लाख ५७ हजार १९४ जना र पूर्ण मात्रा ५४ लाख ७३ हजार १५१ जनाले लगाएका छन् । रासस  
 

यो पनि पढ्नु होला>> आन्तरिक राजनीतिको गोटी बनाइदैछ एमसिसीलाई । जनताबीच एक आपसमा लडाउने र भीडाउने हतियार बनाइदैछ एमसिसीलाई -रामचन्द्र भट्ट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया