मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

परराष्ट्रको राजनीति प्रेरित निर्देशन

परराष्ट्रको राजनीति प्रेरित निर्देशन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आउँदो महिना हुन लागेको निर्वाचन रोक्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ ।
 
मन्त्रालयले डेलिगेट्सको विवाद निरुपण नभएसम्मको लागि निर्वाचनसम्बन्धी प्रक्रिया अगाडि नबढाउन शुक्रबारै निर्देशन दिएको हो । 
 
एनआरएनका तीनजनाले दिएको निवेदनलाई टेकेर परराष्ट्र मन्त्रालयले राजनीतिक निर्णय लिएको रुपमा एनआरएनका अभियन्ताहरुले यसलाई लिएका छन् । परराष्ट्रको निर्देशनले एनआरएनलाई अहिलेसम्मकै सबैभन्दा विवादमा तानिएको छ । 
 
विशेषगरि पछिल्लो समयमा राजनीतिक रुपमा संस्थालाई कव्जा जमाउने नियतले उजुरीहरु भएका छन् । सोही उजुरीका आधारमा सत्तारुढ दलको प्रभावमा परराष्ट्रका कर्मचारीहरुले राजनीतिक निर्णय लिएका छन् । 
 
परराष्ट्र मन्त्रालले दिएको निर्देशन पत्रमा अमेरिका, बेलायत, अष्ट्रेलिया, बेल्जियम, जापान लगायतमा समस्या देखिएको उल्लेख छ । तर व्यक्तिगत उजुरीलाई आधार बनाएर परराष्ट्रले ती देशहरुमा समस्या रहेको जनाउँदै एनसिसीहरु र आइसिसीको चुनाव रोक्न निर्देशन गरेको हो । 
 
परराष्ट्रको निर्देशन विरुद्ध एनआरएन आइसिसीमा मुद्धामा जाने वा केही समय पर्खेर हेर्ने भन्ने विषयमा छलफल भैरहेको छ । आउँदो चुनाव आफ्नो अनुकुल नआउने देखेपछि र प्रतिनिधिहरु त्यस अनुसार नआएपछि अमेरिकाका वेद खरेल, जानकी गुरुंग र कतारका नवराज ओलीले परराष्ट्रमा उजुरी दिएका थिए ।