मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सर्वोत्तम स्टिलको भट्टी पड्किएर घाइते भएकामध्ये पाँच मजदुरको मृत्यु

सर्वोत्तम स्टिलको भट्टी पड्किएर घाइते भएकामध्ये पाँच मजदुरको मृत्यु


वीरगञ्ज । वीरगञ्जस्थित सर्वोत्तम स्टिल उद्योगमा फलाम गलाउने क्रममा भट्टी पड्किएर घाइते भएकामध्ये पाँच मजदुरको मृत्यु भएको छ । 
 
यही भदौ १० गते सो उद्योगमा फलाम गलाउने क्रममा भट्टी पड्किँदा १५ मजदुर घाइते भएका थिए । तीमध्ये गम्भीर घाइते भएका ६ जना मजदुरलाई उपचारका लागि विहारको पटनास्थित अपोलो अस्पतालमा लगिएको थियो । उपचारका क्रममा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 
 
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मृत्यु हुनेमा भारतको विहारका ५२ वर्षीय विनोद पाण्डे, २७ वर्षीय गगन नायक, उत्तर प्रदेशका ३२ वर्षीय धीरु सहनी, लखनऊका ३७ वर्षीय मानस परिदा र ३० वर्षीय रामकुमार यादवको रहेका छन् । 
 
उपचारकै क्रममा यही भदौ १६ गते तीन जना र  भदौ १८ गते २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्य घाइतेहरूको वीरगञ्जको अस्पतालमा उपचार भइरहेको बताइएको छ । रासस
 

शेयर गर्नुहोस:

27
Shares