मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शुक्रबार ११४६ सङ्क्रमित थपिए, २१ को निधन

शुक्रबार ११४६ सङ्क्रमित थपिए, २१ को निधन


काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन एक हजार १४६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १० हजार ९१६ जनामा परीक्षण गर्दा एक हजार १४६ जनामा सङ्क्रमण देखिएको हो । 
 
नेपालमा सङ्क्रमणको दर १९।३ प्रतिशत पुगेको छ । सक्रिय सङ्क्रमित २७ हजार ९५८ जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १५ रहेका छन् । यस्तै आज सङ्क्रमणमुक्त भई एक हजार ६६० जना घर फर्किएका छन् । 
 
अहिलेसम्म सात लाख ३६ हजार ६६६ जना सङ्क्रमणमुक्त भई घर फर्किएका हुन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५ प्रतिशत रहेको छ । 
 
यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा २१ को ज्यान गएको छ । अहिलेसम्म १० हजार ९२४ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रतिदश लाखमा ३६८।२ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ । 
 
यस्तै, ४५८ सघन उपचार कक्ष (आइसियू), १४५ भेन्टिलेटर, २६ हजार २९६ होम आइसोलेसन, एक हजार ६६२ संस्थागत आइसोलेसन र २५२ कोरोना सङ्क्रमित  क्वारेन्टिनमा रहेका छन् । आज २९ हजार २८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । यस्तै ५७ लाख ४० हजार ३४५ जनाले पहिलो मात्रा र ५१ लाख २० हजार ८७७ जनाले पूर्णमात्राको खोप लगाएका छन् । 

शेयर गर्नुहोस:

108
Shares