मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बिहीबार थपिए १२७१ सङ्क्रमित, १४ जनाको निधन

बिहीबार थपिए १२७१ सङ्क्रमित, १४ जनाको निधन


काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण बिहीबार एकै दिन एक हजार २७१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा ११ हजार ९४४ जनामा परीक्षण गर्दा एक हजार २७१ जनामा सङ्क्रमण देखिएको हो । 
 
नेपालमा सङ्क्रमणको दर १९.४ प्रतिशत पुगेको । सक्रिय सङ्क्रमित २८ हजार ६७८ जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १६ रहेका छन् । भई बिहीबार एक हजार ८४५ जना सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । अहिलेसम्म सात लाख ३५ हजार ६ जना सङ्क्रमणमुक्त भई घर फर्किएका हुन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९४.९ प्रतिशत रहेको छ । 
 
सङ्क्रमणबाट विगत २४ घण्टामा १४ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ९०३ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३६७.५ जनाको सङ्क्रमणको कारणले निधन हुने गरेको छ । हाल चार सय ५८ जना सघन उपचार कक्ष, १३९ जना भेन्टिलेटर, २६ हजार ८८६ जना होम आइसोलेसन, एक हजार ७९२ जना संस्थागत आइसोलेशन र २६१ जना क्वारेन्टिनमा रहेका छन् । 
 
नेपालमा बिहीबार ९२ हजार १६९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५७ लाख २९ हजार ७८९ जनाले पहिलो मात्रा र ५१ लाख दुई हजार २४४ जनाले पूर्णमात्राको खोप लगाइसकेका छन । रासस

शेयर गर्नुहोस:

27
Shares