मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आइतबार १०८९ जनामा कोरोना सङ्क्रमण, २० जनाको निधन

आइतबार १०८९ जनामा कोरोना सङ्क्रमण, २० जनाको निधन


काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण एक हजार ८९ जना व्यक्तिमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत २४ घण्टामा सात हजार ९७१ जनामा परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । सक्रिय सङ्क्रमित ३१ हजार २४८ रहेका छन् ।
 
एक हजार ५३४ जनासङ्क्रमणमुक्त भई घर फर्किएका छन् । अहिलेसम्म सात लाख २७ हजार १८५ व्यक्ति सङ्क्रमणमुक्त भई घर फर्किएका हुन् । निको हुने दर ९४।५ प्रतिशत पुगेको छ । 
 
पछिल्लो २४ घण्टामा थप २० जनाको सङ्क्रमणबाट निधन भएको छ । अहिलेसम्म १० हजार ८३८ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । त्यस्तै ५२३ जना सघन उपचार कक्षमा,  १६२ भेन्टिलेटर, २९ हजार ८१ होमआइसोलेशन, दुई हजार १६८ संस्थागत आइसोलेशन र २६६ जना क्वारेन्टिनमा रहेका छन् । रासस

शेयर गर्नुहोस:

81
Shares