मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

विश्व आदिवासी दिवसमा फिप्ना कप सम्पन्न

विश्व आदिवासी दिवसमा फिप्ना कप सम्पन्न


न्युयोर्क । २७औँ विश्व आदिवासी दिवस २०२१ को अवसरमा न्युयोर्कमा फिप्ना कपसँगै विभिन्न कार्यक्रम सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)द्वारा आयोजित फिप्ना कप भलिबल तथा फुटवल प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । 
 
न्यूयोर्कको क्विन्सब्रिज पार्कमा अगष्ट ७ र ८ मा सम्म सञ्चालित प्रतियोगिता हालसम्मको सर्वाधिक ठूलो पुरस्कार राशी भएको आयोजकको दाबी छ । 

 
१४ टिम सहभागी भएको भलिबलको उपाधि नेपस्टार डालस टेक्ससले जितेको छ । त्यसैगरी उपविजेता तमु गुरूङ सोसाइटी भएको छ । 
 
त्यस्तैगरी १८ टिम सहभागी फुटबलको उपाधि न्युयोर्क फुटबल क्लबले जितेको छ भने याक फुटबल क्लब दोस्रो भएको छ । विजेता टोलीले नगद ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ भने उपविजेताले अमेरिकी डलर ३ हजार प्राप्त गरेको छ । 

 
फिप्नाद्वारा आयोजित फिप्ना कप भलिबल र फुटबल २०२१ लाई सफलतापूर्वक सम्पन्न गर्न समितिहरु गठन गरिएको थियो । फुटबल प्रतियोगिताको संयोजन तथा व्यवस्थापन सुमन थामेसुहाङले गरेका थिए । त्यसैगरी सहसंयोजकहरूमा वाङला लामा, कुमार शेरचन, अजित गुरूङ, सेहाङ नेम्बाङ र बुद्धि गुरूङ रहेका थिए । 

 
त्यस्तैगरी भलिबल प्रतियोगिताको संयोजकमा याम पुन रहेका थिए भने सहसंयोजकहरूमा हरि राना, जीत गुरूङ, मनप्रसाद रोक्का, पासांङ लामा, ईन्द्र थापा, सुजल छन्त्याल, दीपबहादुर रानामगर, विकास घर्तीमगर रहेका थिए । 
 
दुई दिनसम्म सञ्चालन भएको फिप्ना कप २०२१ ले नेपाली अमेरिकन समुदायमा युवा तथा खेलकुदको माध्यमले आपसी सद्भाव तथा भाइचाराको विकास गरेको र नेपाली अमेरिकन पहिचान स्थापित गराउने अभियानमा महत्त्वपूर्ण कदम भएको नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाका अध्यक्ष लोक चेम्जोङले बताए । 
 
फिप्ना कप २०२१ लाई न्युयोर्क राज्यसभा सदस्य माननीय जेनिफर राजकुमार, नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम, ब्रुक्लिङ बोरो प्रेसिडेण्ड एरिक एडम, एनआरएन अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीलगायत विभिन्न नेपाली अमेरिकन समुदायमा क्रियाशील संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले बधाई तथा शुभकामना व्यक्त गरेका थिए । 
 
प्राविधिक टोली, स्वयंसेवक र खेलाडीहरूको उत्साहजनक सहभागिता र सहयोगले फिप्ना कप २०२१ खेल महोत्सवको रूपमा सम्पन्न भएको फिप्नाका महासचिव नरेन्द्र थापाले बताए ।