मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

आईसीसी डेलिगेट चुनाव विवाद

आईसीसी डेलिगेट चुनाव विवाद

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका – एनआरएनए एनसीसी अमेरिकावाट आईसीसी प्रतिनिधि (डेलिगेट) का लागि शुक्रवार निर्वाचन हुने सुचना सार्वजनिक भए पछि विवाद शूरु भएको छ । 
 
आईसीसी विधान अनुसार २५ प्रतिशत डेलिगेटका लागि निर्वाचन गर्नु पर्ने हुन्छ । तर, अहिले १८ जना डेलिगेटका लागि मात्र निर्वाचन हुन लागेको भन्दै विवाद भएको हो । 
 
यो विवादका वारेमा आईसीसी जानकार भए पनि ठोस निर्णय दिएको छैन । खाली विद्यान अनुसार डेलिगेटको निर्वाचन नभए यो मान्य नहुने पत्र पठाएको छ । एनआरएनए अमेरिकाको नयां कार्यसमितिले जिम्मेवारी लिनु भन्दा अघि देखिनै डेलिगेट छनौटका विषयमा विवाद भएको थियो । तर, उक्त कार्यसमितिले यो विवाद टुंग्याउन सकेको थिएन । 
 
आईसीसीको प्रावधान अनुसार अगष्ट १५ सम्म डेलिगेटको नाम पठाउनु पर्ने हुन्छ । 
 
एनआरएनए एनसीसी अमेरिकाको कार्यसमितिले पत्राचार गरेका आधारमा चुनाव हुन लागेको निर्वाचन संयोजक विश्व बरालले वताए । एनसीसी अमेरिकाले चुनावका लागि निर्वाचन समितिलाई लिखित रुपमा आग्रह गर्दै विभिन्न पत्र प्राप्त भएका थिए बरालले भने त्यस अनुसार विद्यानलाई हेरेर चुनाव हुन लागेको हो । 

निर्वाचित डेलिगेटलाई आईसीसीले मान्यता दिन्छ दिदैंन यसवारेमा अन्यौल छ ।