बिश्व घटना

श्रीलङ्कामा साइबर अपराधविरुद्धको पछिल्लो कारबाहीमा २३१ जना विदेशी नागरिक पक्राउ

श्रीलङ्कामा साइबर अपराधविरुद्धको पछिल्लो कारबाहीमा २३१ जना विदेशी नागरिक पक्राउ


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

कोलम्बो (श्रीलङ्का) । श्रीलङ्काका प्रहरीले सप्ताहन्तदेखि राजधानीमा जारी गरेको पछिल्लो साइबर अपराधविरोधी काबाहीमा अधिकांश चिनियाँ र भियतनामीसहित २३१ जना विदेशी नागरिकलाई पक्राउ गरेको अधिकारीहरूले बिहीबार बताएका छन् ।

अन्तर्राष्ट्रियरूपमा अपरारधको जालो फैलाई साइबर अपराध गर्दै आएको आपराधिक समूहले अनलाइन क्रिप्टोकरेन्सी घोटालालगायतका माध्यमबाट वार्षिक अरबौँ डलर बराबरको हिनामिन गरेको जनाइएको छ ।

Advertisement

श्रीलङ्कामा, अधिकारीहरूले गत आइतबारको कारबाहीमा दुई सन्दिग्धसहित १५७ जनालाई पक्राउ गरेको जनाएका छन् । यसैगरी बुधबार थप ७४ जनालाई पक्राउ गरिएको जनाइएको छ ।

अपराधमा संलग्न व्यक्तिहरु पर्यटन भिसामा श्रीलङ्कामा प्रवेश गरी अवैधरूपमा अपराधिक कार्यमा संलग्न रहेको प्रहरी प्रवक्ता फ्रेडरिक वुटलरले बताएका छन् ।

घोटाला केन्द्रबाट जफत गरिएका कम्प्युटर तथा मोबाइल फोनको फरेन्सिक जाँच गर्न आदेश दिएको जनाइएको छ ।

आइतबार पक्राउ परेका संदिग्धहरूसँग फेला परेका कम्प्युटर र सञ्चार उपकरणहरू पनि अनुसन्धानका लागि पठाइएको अधिकारीहरूले बताएका छन् ।

श्रीलङ्काको एक होटलबाट साइबर क्यामेरा सञ्चालन गरेको आरोपमा अधिकाशं चिनियाँ नागरिकसहित १५२ जना विदेशी नागरिकहरूलाई हिरासतमा लिएको एक महिना पछि यो कारबाही गरिएको जनाइएको छ ।

आप्रवासन अधिकारीहरूले गत मार्चमा १३५ चिनियाँ नागरिकलाई यस्तै घोटालाको आरोपमा पक्राउ गरी निर्वासित गरिएको जनाएका छन् ।

यसअघि कोलम्बोस्थित बेइजिङ दूतावासले चिनियाँ नागरिकहरूलाई श्रीलङ्कामा घोटालाको कारबाहीमा संलग्न हुनबाट रोक्न स्थानीय अधिकारीहरूसँग काम गरिरहेको बताएको थियो ।

श्रीलङ्काको दूर–सञ्चार पूर्वाधार, अनुकूल भौगोलिक संरचना र अपेक्षाकृत उदार भिसा नीतिहरूले ठगी गिरोहहरूलाई श्रीलङ्का सक्रिय रहन प्रोत्साहित गरेको दूतावासले जनाएको छ ।

सन् २०२४ मा श्रीलङ्काका अधिकारीहरूले टापुका विभिन्न भागहरूमा साइबर अपराधविरुद्धको कारबाही गरेको आरोपमा २३० जना चिनियाँ नागरिक र २०० जना भारतीय नागरिकलाई हिरासतमा लिएको जनाइएको छ । एएफपी