मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनएमा अर्को समानान्तर संस्थाको चर्चा

एनआरएनएमा अर्को समानान्तर संस्थाको चर्चा

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएएन) को विकल्पमा अर्को समानान्तर संस्था संस्थापन हुन्छ ? अहिले नै यसको उत्तर दिनु हतार हुन्छ । तर, यसका लागि पूर्वअभ्यास भने भइरहेको छ ।
 
नेपाली समुदायका लागि संस्था स्थापना गर्न कुनै आइतबार कुर्नु पर्दैन । संस्थामा जब नेतृत्वका लागि चुनावी लफडा सुरु हुन्छ, प्यानल बन्छ, राजनीति हुन्छ, त्यसपछि नयाँ संस्था स्थापना हुने गरेको छ । यही कारण नेपाली समुदायले खाडी मुलुकदेखि अमेरिकासम्म कयौँ संस्था खोलेका छन् । एनआरएनएभित्र पनि अहिले जे नहुने पर्ने हो त्यही भइरहेको छ । यसले समानान्तर संस्था खोल्ने अवस्था देखाइरहेको छ ।
 
नेतृत्व चयनका लागि झण्डै २ वर्षअघि काठमाडौँस्थित हायात होटलमा एनआरएनए सम्मेलन भइरहँदा झगडा भएपछि प्रहरीकै प्रयोग गर्नु पर्‍यो । न त्यहाँ नीतिगत बहस भयो न एनआरएनएका मुद्दा नै गम्भीर रुपमा उठे, उठाइए । कोषाध्यक्ष, महासचिवको प्रतिवेदन पारित गर्नुपर्ने नियमित कार्यतालिकासमेत चुनावको लपडाले लथालिङ भयो । अहिले पनि त्यहाँ भएको चुनावको नतिजाबारे विवाद छ ।
 
यस्तै, घटना केही साताअघि अमेरिकामा पनि दोहोरियो । एनआरएनए अमेरिकाको न्यूर्योकमा आयोजित साधारण सभा विवादले उग्र रुप लिएपछि त्यसै सकियो । यो साधारण सभा कसरी सकियो कसैलाई पत्तै भएन । चुनावको हार जितले उक्त साधारण सभामा लफडा आएको थियो ।
 
बेल्जियममा त पिटापिट नै भयो । बेलायत, अष्ट्रेलियालगायतका देशका एनआरएनएमा समेत विवादहरु आए । त्यहाँ राजनीति भएको छ । प्यानलहरु बनेका छन् । चुनाव निष्पक्ष भएन भन्ने आरोप प्रत्यारोप चलिरहेको छ ।
 
यही अवस्था रहने हो भने एनआरएनएको आउने चुनावमा चरम विवाद हुने अनुमान गर्न सकिन्छ । एनआरएनएले अब नेतृत्व चयन अनलाइन भोटिङमार्फत छान्ने सार्वजनिक गरेको छ । अनलाइन भोटिङ पहिलो पटक एनआरएनएले प्रयोग गर्न लागेको हो । तर, यससँगै एनआरएनएका सदस्य सूचीबद्ध गर्ने एमआइएस प्रणालीलाई लिएर विवाद सुरु भएको छ । यसमा एडिट गर्न मिल्ने प्रावधानलाई संस्थापनभन्दा बाहिर चुनाव तयारी गरिरहेको पक्षले प्रश्न उठाएको छ । एनआरएनए आइसीसीले वनाएको अनलाइन भोगिङ सफ्टवेयरमा समस्या आइसकेको बताइएको छ ।
 
यदि एनआरएनएको आउने चुनाव निष्पक्ष नहुने देखिए संस्थापन बाहिर रहेको पक्षले बहिष्कार गर्ने योजना बनाएको छ । यो योजनासँगै एनआरएनएको नयाँ लोकतान्त्रिक समानान्तर संस्था बन्ने चर्चा पनि सुरु भएको छ ।
 
राष्ट्रिय संघहरुमा अहिले भएको विवादको मुख्य जड बेलायतमा बस्ने महासचिव हेमराज शर्मालाई मानिएको छ । अमेरिकाको निर्वाचन रोक्नेका लागि अदालतमा मुद्दा हाल्ने कार्यलाई सहयोग गरेको शर्मालाई आरोप छ । यस्तै, अन्य देशको लफडा नै महासचिवकै कारणले गर्दा आएको आरोप लगाउनेहरु छन् ।
 
संयोग एनआरएनएको समानान्तर संगठन खोल्ने पहल पनि बेलायतबाटै भइरहेको छ । त्यही यसमा चर्चा भएको हो ।