मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

उत्सव सिंहलाई जिताउँ अभियान सुरु

उत्सव सिंहलाई जिताउँ अभियान सुरु


अमेरिका । यतिबेला अमेरिकामा हजारौँ नेपालीहरु बसोवास गर्छन् । तिनै नेपालीमध्ये एक हुन् उत्सव सिंह । हाल उनी अमेरिकामा खेलकुदसँगै अध्ययनमा व्यस्त छन् । 
 
उनले हालै अमेरिकामा शारीरिक सुगठन प्रतियोगितामा दुई स्वर्ण हात पार्दै नेपाली झण्डा विदेशी भूमिको खेल ऐरिनामा फहराएका छन् । यो जितसँगै उनी अमेरिकाबाट प्रकाशित हुने शारीरिक सुगठन सम्बन्धी म्याग्जिनको कभर पेजमा आउने मौका पाएका छन् । तर, यो मौका उनले त्यसै पाउने छैनन् । 
 
जसले सबैभन्दा बढी भोट पाउँछ त्यो प्रतियोगीमात्रै कभर पेजमा आउनेसँगै २० हजार अमेरिकी डलर प्राप्त गर्न सफल हुन्छ । भोटका लागि रकम खर्च गर्नु पर्दैन । आउनुहोस् तलको लिंकमा एक क्लिक गर्दै उत्सवलाई भोट गर्दै जिताउँ । जम्मा दुई दिन बाँकी छ । आफ्ना साथी भाइलाई यो लिंक शेयर पनि गरौं । जय खेलकुद ।