मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

न्यूयोर्क साधारण सभामा नहुनु पर्ने घटना भयो माफी माग्छौं (भिडियो सहित)

न्यूयोर्क साधारण सभामा नहुनु पर्ने घटना भयो माफी माग्छौं (भिडियो सहित)

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- एनआरएनए एनसीसी अमेरिकाको न्यूर्योकमा आयोजित १० औं साधारण सभामा नहुनु पर्ने घटना भएको वताउंदै आईसीसी र एनसीसीका पदाधिकारीले माफी मागेका छन् । 

टेक्ससमा आयोजित नव निर्वाचित कार्यसमितिको पदस्थापना कार्यक्रममा निवर्तमान अध्यक्ष सुनिल साहले साधारण सभामा जुन घटना भयो जानेर वा नजानेर भयो त्यो संस्थाका लागि समाजका लागि नराम्रो कुरा हो म त्यो बेलाको अध्यक्षका नाताले जे भयो गलत भयो भन्छु । यो घटना कसरी हुन गयो त्यसको वारेमा सवै सत्य तथ्य केही दिनमा सार्वजनिक गर्ने छु, साहले भने । 
आईसीसी सचिव गौरी जोशीले विधि विद्यान अनुसार संस्था संचालन नहुदां समस्या आएको वताए ।  जे भयो न्यूयोर्कका घटना हुनु पर्थेन त्यो भयो यसको लागि यो संस्थाको आजिवन सदश्यका हैषियतले म पनि जिम्मेवार छु यसका लागि म तपाईहरु समक्ष क्षमा याचना गर्दछु जोशीले भने । संस्थामा तीन चार कार्यकाल अघि देखिकै थाती रहेका कुण्ठाहरु अहिले आएर पोखिएको उनले वताए । 
 
आईसीसी महिला संयोजक उमा थापाले न्यूयोर्कमा भएको घटनालाई गम्भिर रुपमा लिई यस्तो किन हुन गयो, कसको भूमिका के हो त्यो वाहिर ल्याउनु पर्ने सुझाव दिईन । 
एनआरएनए अमेरिकाका उपाध्यक्ष विकास उप्रेतीले पनि उक्त घटनामा आफ्नो भागमा पर्ने जति जिम्मेवारी स्विकार्ने वताउंदै यो घटना कसरी हुन गयो आफ्नो तर्फवाट सार्वजनिक गर्ने वताए । 

अध्यक्ष पदका उम्मेदवार रहेका कृष्ण लामिछानेले एनआरएनए सफाई अभियानमा अगाडी वढ्नु पर्ने वताए । पहिलानै सचेत भएको भए न्यूयोर्कको घटना हुन्थेन भन्दै आफुले गल्ति गरेको भए माफी दिन आग्रह गरे । 
आईसीसी उपाध्यक्ष डा बद्री केसीले न्यूयोर्कमा आए जस्तो समस्या आईसीसीमा पनि देखिएपछि विस्तृत छलफल गरेर सल्टाउंदै गएको जानकारी दिए ।  दुई बर्ष अघि काठमाडौमा आईसीसी पदाधिकारीको चुनाव हुदां न्यूयोर्कको भन्दा पनि भद्रगोल र सोच्नु पर्ने अवस्थाको स्थिती आएको थियो त्यसमा हामिलाई असाध्यै हिनता वोध भएको थियो केसीले भने लगत्तै नयां कार्यसमिति आएपछि यस्तो अवस्था किन भयो त्यसवारेमा गम्भिर छलफल भयो । संस्थाको जुन रुपमा माथि गएको थियो त्यसको व्यवस्थापन हुन नसक्दा समस्या आएको हामीले पायौं यस पछि विशेष साधारण सभा गरेर विद्यानमा परिवर्तन र विगतमा सम्वोधन हुन नसकेका मुद्दा सल्टाईयो । 
अव आईसीसीको चुनाव अनलाइन भोटिगं मार्फत हुने र नेपाल वाहिर हुन्छ केसीले भने नेपालका राजनीतिक पार्टीको प्रभाव, भोट किनवेच गर्नेलाई निरुत्साहित हुने गरी चुनाव हुने छ ।
म यहां आएको जित्नेलाई वधाई र उपविजेतलाईलाई अभियानवाट टाढा नजानका लागि भन्न आएको थिएं त्यो काम हुन सकेन मलाई असाध्यै दुख्ख लागेको छ केसीले भने । 
मैले यहां साथिहरुले आत्मआलोचना गर्नु भएको सुनें यो सकरात्मक पक्ष हो नवनिर्वाचित कार्यसमितिले पनि आत्मआलोचना गरी यस्तो घटना अव कहिल्लै हुदैंन भन्ने विश्वास दिलाउनु पर्ने उनले वताए । 

कार्यक्रममा एनआरएनए एनसीसी अमेरिका उपाध्यक्ष सुमन थापा,  एएनएका अध्यक्ष विजयराज भट्टराई, एनआरएन अमेरिकाज क्षेत्रका क्षेत्रीय उपसंयोजक राम सी पोखरेल, नेपाल प्रहरीका पूर्व आइजीपी  सर्वेन्द्रनाथ खनाल, एनआरएन आइसिसीकी सदस्य यमुना भट्टराई, गत निर्वाचनमा अध्यक्षका उम्मेदवार डा अर्जुन बन्जाडे लगायत ब्यक्तिहरुले बोल्नु भएको छ।
एनआरएनए एनसीसी अमेरिकाको टेक्सस  च्याप्टरका अध्यक्ष सोफोन थापाको अध्यक्षतामा आयोजित अन्तरकृया कार्यक्रममा विहिवारवाटै नवनिर्वाचित टेक्सस च्याप्टरले औपचारिक रुपमा पदभार ग्रहण गरेको छ । सवैभन्दा ठुलो च्याप्टरमा पर्ने टेक्सस च्याप्टरको अध्यक्षमा सोफोन थापा निर्वाचित भएका थिए ।