मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

शारीरिक सुगठन प्रतियोगितामा नेपाली मूलका सिंहले जिते दुई स्वर्ण

शारीरिक सुगठन प्रतियोगितामा नेपाली मूलका सिंहले जिते दुई स्वर्ण


अमेरिका । अमेरिकाको टेक्ससमा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा पुख्र्यौली घर बुटवल भई सात वर्षदेखि टेक्ससको ड्यालसमा बस्दै आएका नेपाली मूलका उत्सव सिंहले दुई स्वर्ण पदक हासिल गरेका छन् । 
 
अमेरिकी पत्रिकाको आयोजनामा भएको प्रतियोगितामा सिंहले मिस्टर युएसए–२०२१ नेचुरल प्रो क्वालिफायर कम्पिटिसन (प्राकृतिक प्रो योग्यता प्रतियोगिता) मा दुई स्वर्ण पदक हासिल गरेका हुन् ।
 
सिंहले पुरुषहरूको फिजिक क्याटेगोरी र नोभिस क्याटेगोरी (शारीरिक वर्ग र नवदीक्षित वर्ग) मा पहिलो स्थान हासिल गरेका हुन् । स्वर्ण पदक प्राप्त गरेसँगै उनी अब व्यावसायिक खेलाडीका लागि योग्य भएका छन् । यो पदक जित्ने उनी पहिलो नेपाली हुन् । 
 
उनले सन् २०१९ को अगस्त २४ मा अमेरिकाको मेरील्यान्ड राज्यको लरेल सहरमा सम्पन्न एनपिसी क्यापिटल ग्रान्ड प्रिक्स प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका थिए ।