एनआरएन विशेष

डेलिगेटका लागि निर्वाचन समितिमा ३० जनाले उम्मेदवारी दिए (सुची सहित)

प्रकाशित |
अमेरिका- अमेरिका एनआरएनए एनसीसी अमेरिकावाट आईसीसीमा खुलाबाट प्रतिनिधित्व गर्ने डेलिगेटका लागि ३० जनाले उम्मेदवारी दिएका छन् ।  डेलिगेट छनौटमा विवाद भई समानान्तर संरचना भईरहेका वेला निर्वाचन समितिको सुचना अनुसार उक्त उम्मेदवारी परेको हो । 
 
प्रत्येक क्षेत्रबाट  उम्मेदवारी परेको छ । चुनाव जुलाई १ मा हुने भनिएको छ । १८ जना डेलिगेटका लागि चुनाव हुन लागेको हो । 
 
उम्मेदवारी दिनेमा निपेन्द्र धिताल, कुमार कार्की, सन्देश उप्रेती, रबिन्द्र उप्रेती, किशन रेग्मी, दिपक घिमिरे, नारायण खनाल, प्रकाश अधिकारी लगायत छन् । निपेन्द्र एनसीसी निर्वाचनमा महासचिव पदका उम्मेदवार थिए । कार्की कोलोराडो च्याप्टरका अध्यक्ष हुन् । निर्वाचन समितिले उम्मेदवार वन्न एक सय अमेरिकी डलर शुल्क तोकेको थियो । 
 
एनआरएनए अमेरिका नेतृत्वको कमजोरीका कारण अहिले डेलिगेट छनौटमा विवाद छ । समानान्तर समिति वनेका कारण अन्यौलता छ । 
 
निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको सुची निम्न छ । 


- हिमालयखबर संवाददाता, न्युयोर्क

- हिमालयखबर संवाददाता, न्युयोर्क -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया