मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

डेलिगेट विवाद, डा पन्तको समितिद्धारा चुनाव प्रकृया अगाडी वढाएको जानकारी सार्वजनिक

डेलिगेट विवाद, डा पन्तको समितिद्धारा चुनाव प्रकृया अगाडी वढाएको जानकारी सार्वजनिक

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- आईसीसीमा प्रतिनिधित्व गर्ने डेलिगेट छनौटका लागि डा राजन पन्तको संयोजकत्वमा गठित समितिले एनआरएनए अमेरिका निर्वाचन समितिले अगाडी बढाएको डेलिगेट छनौट प्रकृया विद्यान सम्वत नरहेको र यसले आधिकारिता नपाउने जनाएको छ । 
 
 डा पन्त संयोजक, विकास उप्रती र  शंकर खड्का सदश्य रहेको उक्त समिति द्धारा शनिवार जारी विज्ञप्तिमा आईसीसी र एनसीसीको विद्यान अनुसार डेलिगेट छनौट प्रकृया अगाडी वढाईएको उल्लेख छ । जुलाई एक भित्र सम्पुर्ण प्रकृया पुरा गर्ने पनि समितिले जनाएको छ । 
 
यस अघि एनआरएनए अमेरिका निर्वाचन समितिले पनि डेलिगेट प्रकृया अघि वढाएको विज्ञप्ति जारी गरेको थियो । दुई विरोधाभास पुर्ण विज्ञप्ति प्रति नवनिर्वाचित कार्यसमितिले भने कुनै प्रतिकृया सार्वजनिक गरेको छैन । 
 
हेर्नुहोस्  डा पन्त संयोजक रहेको समितीको विज्ञप्ति पुर्ण विवरण यस प्रकार छ । 
 
२६, जुन २०२१
 
एनआरएनए एनसीसी अमेरिकावाट आईसीसीमा प्रतिनिधित्व गर्ने डेलिगेट छनौटका विषयमा निर्वाचन कमिसनबाट आई सी सी को बिधानलाई र एन सी सी को बिघानलाई गलत तरीका बाट ब्याख्या गरी निर्वाचन गर्नलागेको परिप्रेक्ष्यमा जुन २४ तारिख NRNA NCC अमेरिकाले प्रेसबिज्ञेप्ती जारी गर्दै प्रतिनिधि छनौटमा आएका समस्या समाधान गरी delegates छनौंट गर्न संघको कार्यसमितिले विधान वमोजिम २५ प्रतिशत प्रतिनिधिको टुंगो लगाउनका निम्ति तीन सदस्यीय समिति बनाएको सर्बबिधितै छ ।
संघको बिज्ञप्तीमा स्पष्ट भनिएको छ की निर्वाचन कमिटीले आई सी सी डेलिगेटस् छनौंट सम्बन्धी कुनै पनि प्रक्रिया अगाडी बडाउने छैन यदी उक्त प्रतिनिधि छनौट सम्बन्धी केही गर्नुपरेमा उक्त तीन सदस्यीय समितीसंग छलफल गरी गर्न सक्नेछ र यो तीन सदस्यीय समितीले गरेको निर्णयनै अन्तिम हुनेछ भनिएको छ ।
तसर्थ हामीले आई सी सी र एन सी सी को बिघान अनुसार प्रक्रिया अगाड़ी बढ़ाई सकेको याहाहरू समक्ष जानकारी गराउदै भोली आईतबार बाट डेलिगट्सका लागी नोमिनेशन खोलि जुलाई १ भित्र सम्पूर्ण प्रक्रिया पुरा गरी एन सी सी , रिजनल कमिटी आर. सी मार्फत आई सी सी लाई बुझाईने छ । 
 
अन्तिममा निर्वाचन समितिले अगाडी वढाएको डेलिगेट छनौट प्रकृया बिधान संव्बत नरहेको र यसले आधिकारिकता पनि नपाउने सवैलाई जानकारी गराउंछौं । 
 
यहांहरुको सहयोग र समर्थनका लागि धन्यवाद
 
डा. राजन पन्त – संयोजक
शंकर खड्का – सदस्य 
बिकाश उप्रेती- सदस्य