मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

डेलिगेट छनौट विवाद, एनआरएनए अमेरिकाका दुई विरोधाभास पुर्ण निर्णय

डेलिगेट छनौट विवाद, एनआरएनए अमेरिकाका दुई विरोधाभास पुर्ण निर्णय

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका– एनआरएनए अमेरिकाले एक साता भित्रै डेलिगेट छनौट वारे एक आपसमा नमिल्ने दुई विरोधाभासपुर्ण निर्णय गरेको छ । 
 
एनआरएनए अमेरिका निर्वाचन समितिले डेलिगेट छनौटका लागि चुनाव कार्यक्रम सार्वजनिक गरेकै वेला एनआरएनए अमेरिकाले एउटा विज्ञप्ति सार्वजनिक गरी २५ प्रतिशत डेलिगेट छान्न ३ सदश्य समिती गठन गरेको जनाएको छ । 
 
कसैको पनि हस्ताक्षर नभएको विहिवार सांझ सार्वजनिक उक्त विज्ञप्तिमा डेलिगेटको टुंगो लगाउन डा राजन पन्तको संयोजकत्वमा ३ सदश्य समिति वनाएको उल्लेख छ । सदश्यमा विकास उप्रती र शंकर खड्का सदश्य छन् । 
 
तर,  विज्ञप्तिमा निर्वाचन कार्यक्रम के हुन्छ यसवारेमा केही उल्लेख गरिएको छैन । एनआरएनए अमेरिकाका कानुनी सल्लाहकार समेत रहेका कार्यवाहक निर्वाचन संयोजक बासु फुलाराले आईसीसी र एनसीसी विधानको व्यवस्था अनुसार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको दावी गरेको थिए । 
 
यो साताको शुरुमा एनआरएनए अमेरिकाले डेलिगेट चुनाव गर्न निर्वाचन समितिलाई लिखित रुपमा आग्रह गरेको थियो । बोर्डको वैठकको निर्णय अनुसार डेलिगेट छान्ने जिम्मेवारी निर्वाचन समितिलाई दिएको थियो । यस अनुसार निर्वाचन समितिले चुनाव कार्यक्रम र तालिका सार्वजनिक गरेको थियो । 
 
वर्तमान कार्यसमितिको समय केही दिन बांकी हुदां एनआरएनए अमेरिका पुन विवादमा फसेको छ । यसमा नवनिर्वाचित कार्यसमितिको प्रतिकृया आईसकेको छैन । 
 
एनआरएनए अमेरिकामा २० हजार सदश्य छन् । डेलिगेट छान्ने क्रममा नेतृत्व सधै विवादमा आउने गरेको छ । किन कसको चलखेलमा दुई विरोधासापुर्ण निर्णय भए भन्ने प्रश्न उठेको छ ।
एनआरएनए अमेरिकाको कसैको हस्ताक्षर नभएको विज्ञप्तिको पुर्ण पाठ र निर्वाचन समितिको चुनाव तालिका :

एनआरएनए अमेरिकाको कसैको हस्ताक्षर नभएको विज्ञप्तिको पुर्ण पाठ

एनआरएनए अमेरिकाको कसैको हस्ताक्षर नभएको विज्ञप्तिको पुर्ण पाठ
 निर्वाचन समितिको चुनाव तालिका

निर्वाचन समितिको चुनाव तालिका