मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

आईसीसी डेलिगेटका विषयमा विवाद

आईसीसी डेलिगेटका विषयमा विवाद

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क(अमेरिका)-  एनआरएनए एनसीसी अमेरिकावाट आईसीसीमा डेलिगेट कसलाई राख्ने कसलाई नराख्ने भन्ने विषयमा फेरी विवाद चर्किन थालेको छ ।  
 
नयां नेतृत्वका लागि चुनाव सकिएर पदभार ग्रहण गर्नु भन्दा केही अघिनै फेरी विवाद शुरु भएको हो । एनआरएनए अमेरिकाको नेतृत्व हस्तान्तरण सहज हुनु पर्ने वेला यस्तो विवाद आएको हो । यो विवादले एनआरएनए आईसीसी सम्म दरार ल्याएको छ । चुनावको हार जितका कारण यो डेलिगेट विवादलाई सल्टाउने भन्दा पनि जटिल वनाउंर्दै लगिएको छ । 
 
आईसीसी डेलिगेटले एनआरएनएको निर्वाचनमा मत हाल्न पाउंछन । अमेरिकावाट एनआरएनएमा उम्मेदवार हुने आकांक्षा राख्नेका विच प्रतिस्पर्धाले पनि डेलिगेट विवादलाई चर्काएको छ । पदभार ग्रहण गरिनसकेको नव निर्वाचित कार्यसमितिले डेलिगेट छान्ने जिम्मा वर्तमान कार्यसमितिले गर्न नहुने भन्दै आएको छ । यसमा आईसीसीका केही पदाधिकारीले समर्थन जनाएका छन् । 
 
नवनिर्वाचित पदाधिकारी स्वत डेलिगेट हुन पाउनु पर्ने माग उठेको छ । हालसम्म पुराना पदाधिकारीलाई राखेर एनआरएनए अमेरिकाले डेलिगेटको पहिलो सुची सार्वजनिक गरेको छ । एक तर्फी रुपमा वर्तमान कार्यसमितिले डेलिगेट छानेमा यो रद्द, वा वहिस्कार सम्मको स्थिती आउने छ, नवर्निवाचित कार्यसमितिका एक पदाधिकारीले भने । 
 
एनआरएनए  आईसीसी र एनआरएनए एनसीसी अमेरिकाको विधानको नमिलेकाले पनि डेलिगेट छान्न केही विरोधाभास देखिएका छन् । यसवारेमा छलफल गर्न एनआरएनए अमेरिकाले शनिवार बोर्ड बैठक गर्दै छ । 
 
नवनिर्वाचन पदाधिकारीका अनुसार अहिलेसम्म एनआरएनए  अमेरिकाको विधान संशोधन भएको छैन । विधान संशोधन साधारण सभावाट गर्नु पर्छ । त्यसकारण पुरानै विद्यान अनुसार डेलिगेट छान्नु पर्ने नवनिर्वाचित पदाधिकारीको दावी छ । तर, वर्तमान कार्यसमिति यसको लागि तयार देखिएको छैन ।
 
अमेरिकाको डेलिगेटको विषयमा केन्द्रिय पदाधिकारीको समुह आईएस विचमा पनि दरार देखिएको छ । आईसीसीका महासचिव हेमराज शर्माले अनावश्यक रुपमा एनआरएनए अमेरिकाको विषयलाई जटिल वनाउंदै लगेको आरोप लागेको छ । 
 
महासचिव शर्माले यस अघि एनआरएनए अमेरिका विरुद्ध मुद्दा हाल्ने समुहलाई कागजातहरु दिएर सहयोग गरेको आरोप लागेको छ । महासचिव शर्माले एनआरएनए अमेरिकाको विवाद मिलाउने भन्दा चर्काउने काम गरेको हुदां उनलाई अलग राखेमात्र अमेरिकाको विवाद मिल्न सक्ने एक पदाधिकारीले वताए । 
 
एनआरएनए अमेरिकाको चुनाव अघि आईसीसीको सदश्यता भेरिफिकेसन समितिमा पनि विवाद थियो । यसमा रहेका तिन जनाले राजिनामा दिएका थिए । तर, बहुमत हुदां तीन जनाको राजिनामाले केही असर परेन । 

एनआरएनए सामुहिक लगानी कोषमा पनि अमेरिकावाट कसलाई संचालक समितिमा राख्ने भन्ने विषयमा विवाद छ । एनआरएनए आर्थिक रुपमा कमजोर हुदैं गएको छ । संस्थाको हरहिसाव अहिले १० करोड रुपैंया भन्दा वढीले नोक्सानमा छ । 
 
टेक्ससमा भेटघाटका लागि आएका एनआरएनए उपाध्यक्ष सोनाम लामाले मिलेर जानुको विकल्प नरहेको  हुदां डेलिगेटका विषयमा विवाद नगर्ने सुझाव दिएका थिए ।