मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

कोपा अमेरिकामा अर्जेन्टिनालाई जिताउने मेसीको ‘सबैभन्दा ठूलो सपना’

कोपा अमेरिकामा अर्जेन्टिनालाई जिताउने मेसीको ‘सबैभन्दा ठूलो सपना’


साओ पाउलो । लियोनेल मेसीले बार्सिलोनाबाट खेलेर आफ्नो नाम र उक्त क्लबलाई जिताउन सायद कुनै कुरा बाँकी छैन । उहाँको सबैभन्दा ठूलो महत्त्वाकांक्षा अर्जेन्टिनाका लागि उपाधि दिलाउनु हो । 
 
कोपा अमेरिकामा देशबाट खेल्ने ३३ वर्षे मेसीको लागि अन्तिम मौका हुन सक्छ किनकि उहाँले अर्को अर्को खेलमा प्रतिस्पर्धा गर्ने सम्भावनामा उनको उमेर बाधक बन्ने प्रष्ट देखिन्छ । 
 
यसका लागि मेसी र अर्जेन्टिनाको अभियान सोमबार रियो दि जेनेरियोको निल्टन सान्टोस रङ्गशालामा चिलीविरूद्ध हुनेछ । कोपा अमेरिका महामारीका कारण सिर्जना भएको आपतकालीन मोडमा आइतबारदेखि ब्राजिलमा सुरू भएको छ । कोलम्बिया र अर्जेन्टिनाले सह–आयोजकको भूमिका निर्वाह गर्न कोभिडका कारण असम्भब भएको बताएपछि ब्राजिलमा आयोजना गरिएको छ ।
 
“म सधैँ मेरो राष्ट्रिय टोलीमा उपलब्ध छु । मेरो सबैभन्दा ठूलो सपना यो ‘जर्सी’को साथ उपाधि जित्नु हो,” मेसीले ब्राजिलको रिया दि जेनेरियोमा गरिएको एक पत्रकार सम्मेलनमा भन्नुभयो । 
 
“म कुनै पनि समय खेलमा स्वदेशका लागि उपाधि दिलाउन धेरै नै नजिक पुग्ने गरेको छु तर मातृभूमिलाई उपाधि दिलाउने मेरो प्रयास सफल हुन सकेको छैन । मेरो प्रयास जारी छ ।  म सँधै यो सपनाको लागि सङ्घर्ष गरिरहनेछु । 
 
मेस्सीले भने, “कोपा अमेरिकामा खेलेका धेरैजसो समूह कुनै न कुनै समय सँगै खेलेका समूह हुन् । यो अर्जेन्टिना खेल्ने तरिका एकदम स्पष्ट छ ।” यही कारण हामीले यो कोपा कपलाई जित्नेछौँ ।” “हामीलाई थाहा छ कि यो एक विशेष खेल हुनेछ । यो खेलमा भइरहेको भन्दा फरक पाइनेछ ।”
 
अर्जेन्टिनाका कप्तानले आफ्नो टोलीका साथीका रूपमा रोड्रिगो डे पाउललाई स्वीकार गरेका छन् । पाउलको खेलले अर्जेन्टिनी फुटबल समूहलाई सुरक्षा र हमला गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । “बिस्तारै हामीले एक अर्कालाई चिनेका छौँ र म उहाँसँग राम्रो खेल्नसक्नेमा विश्वस्त छु,” मेसीले भने । 
 
अर्जेन्टिनाका लागि खेलेको १५ वर्षमा मेस्सीले देशका लागि २०१४ मा विश्वकप अन्तिम खेलमा हार व्यहोर्दा अस्वभाविकरूपमा राष्ट्रिय टोलीका लागि खेलबाट बाहिरिने उनका प्रशंसकका लागि ‘अकल्पनीय’ निर्णय लिएका थिए । पछि तिनै प्रशंसकलगायतका सबै राष्ट्रवासीको अनुरोधमा उनले राष्ट्रिय खेलबाट सन्यास लिने घोषणालाई फिर्ता लिएका थिए ।  
 
उनले कोपा अमेरिकाका सन् २०१५ र सन् २०१६ का दुई संस्करणमा उपाधिनजिक पु¥याएर पनि पराजित बन्नुपरेको थियो । दक्षिण अमेरिकी समूह अर्जेन्टिनाले १९९३ पछि नै ठूलो प्रतियोगिता जितेको छैन । यो प्रतिस्पर्धा खेल जगत्का लागि विशेष हुनेछ । 
 
महामारीका समय आयोजना हुने कोपा अमेरिकाको संस्करण हुनुु सामान्यभन्दा बढी जोखिम छ । ब्राजिलमा भाइरसको कारण चार लाख ८५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । खेलका लागि आएका खेलाडीमध्ये भेनेजुएलाका आठ र बोलिभियाका तीन गरी ११ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भइसकेको छ । 
 
“खेलाडीमा देखिएको कोभिड सङ्क्रमण हामी सबैको लागि जोखिम हो,” मेसीले भने । “हामी चिन्तित छौं । हामी सावधानी अपनाउने प्रयास गर्छौं । सबै (हामी) भनिएअनुसार खेलबाहिरसमेत महामारीको नियमको कडा पालना गर्नेछौँ ।”
 
“हामी अरू टोलीहरूसँग खेल्नुपर्नेछ जसका कारण सङ्क्रमणको जोखिम पनि छ । हामीले सङ्क्रमित नहुनका लागि सकेसम्म सबै उपाय अवलम्बन गर्नेछौं । तर धेरै अवस्थामा यो हामीमा मात्र निर्भर हुँदैन ।” 
 
अर्जेन्टिना समूह एमा चिली, बोलिभिया, पराग्वे र उरुग्वेको साथमा परेको छ । प्रत्येक समूहमा चार सर्वश्रेष्ठ टोली नकआउट चरणमा खेल्नेछन् । खेलको फाइनल जुलाई १० मा रियोको ऐतिहासिक मराकान रङ्गशालामा हुनेछ । एपी