मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   

विस्तृत मत परिणाम केही दिनमा सार्वजनिक गरिने

विस्तृत मत परिणाम केही दिनमा सार्वजनिक गरिने


शेयर गर्नुहोस:

3.9k
Shares

  • change font
  • change font
  • change font

अमेरिका- एनआरएनए एनसीसी अमेरिका निर्वाचन समितिले चुनावको मत परिणाम सम्वन्धि विस्तृत विवरण अव केहि दिनमा सार्वजनिक गर्ने जनाएको छ । 
 
निर्वाचन समिति द्धारा मंगलवार सार्वजनकि विज्ञप्तिमा चुनाव व्यस्थित, पारदर्शी वनाउन प्रयास गरिएको र यसमा सवै पक्षको सहयोग प्राप्त भएको पनि जनाएको छ । 
 
संयोजक विश्वनाथ बरालद्धारा हस्ताक्षरित विज्ञप्तिमा निर्वाचन प्रकृयामा सहभागी हुने उम्मेदवार, मतदाता, संचार माध्यम सवैलाई धन्यवाद दिईएको छ । 
 
उक्त चुनावमा करिव २० हजार मतदाता र ४ सय भन्दा वढी उम्मेदवार थिए । 
 
आइतवार चुनाव सकिएको केही पछि नै प्रारम्भिक नतिजा सार्वजनिक गरिएको थियो । तर, कुन राज्यवाट कुन उम्मेदवारलाई कति मत पर्यो यो भने सार्वजनिक भईसकेको छैन । प्रतिस्पर्धात्मक चुनाव भएकाले कुन राज्यवाट कसले वढी मत प्राप्त भयो भन्ने चासोको विषय छ । 
 
निर्वाचनमा बिजयी उम्मेदवारलाई एनआरएनए अमेरिकाको आउने महिना आयोजना हुने साधारण सभामा प्रमाणपत्र दिईने र सपथ गराईन समितिले जनाएको छ । 

शेयर गर्नुहोस:

3.9k
Shares