मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिका चुनाबले दिएको पाठ

एनआरएनए अमेरिका चुनाबले दिएको पाठ

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एनआरएनए अमेरिकाको आइतवार मध्यरातमा आएको नतिजापछि विभिन्न कोणवाट विश्लेषण भईरहेको छ । अध्यक्ष पदमा निकै प्रतिस्पर्धा देखिएको यो चुनावमा करिब चारसय भोटको फरकमा बुद्धि सुवेदीले जित निकाल्न सफल भए । 
 
अध्यक्ष पदमा मतका आधारमा तेस्रो स्थानमा परेका डा. अर्जुन बञ्जाडेले दोस्रो स्थानमा परेका कृष्ण लामिछाने र पहिलो भएका सुवेदी दुवैलाई कडा टक्कर थिए । 
 
तुलनात्मक रुपमा डा. बञ्जाडेको चुनाव अभियान तडक भडक थिएन । चुनावमा जित निकाल्न नसकेपनि डा. बञ्जाडेले प्राप्त मतलाई सभ्य प्रचारको सम्मान जनक नतिजा भनेर लिईएको छ ।  
 
यो चुनावमा अध्यक्षका प्रत्यासी कृष्ण र बुद्धि दुवैले आफ्नो प्यानल बनाएका थिए । तर, मतदाताले भने दुवैको प्यानललाई स्विकार गरेनन् । कृष्ण लामिछाने प्यानलबाट वरिष्ठ उपाध्यक्षमा देखिएका कृष्णजीवी पन्तले सजिलैसँगै जित्न सफल भए । उपाध्यक्षमा विकास उप्रेती, महिला सचिव सुनिता कँडेल सापकोटा पनि कृष्ण प्यानलवाट जित्नेमा पर्छन । अधिकांश मतदाताले प्यानल बनाएको रुचाएका थिएनन् । प्यानलमा नपरेका बाला घिमिरे लगायतले पनि जिते । 
 
यस पटकको चुनावमा निर्वाचन समितिले पनि कमजोरी देखाएन । अन्तिममा जुन तरिकावाट चुनावको नतिजा सार्वजनिक गरियो यसले यो सकरात्मक पक्ष थियो । आईसीसी उपाध्यक्ष सोनाम लामा, अध्यक्षका तीन उम्मेदवारका प्रतिनिधि आईसीसी प्रतिनिधि सवैले नतिजा सार्वजनिक गर्न आयोजित कार्यक्रममा चुनाव पारदर्शी रुपमा भएको रेकर्डमा बताए । यसले गर्दा चुनावमा धाँधली भयो भनेर आरोप लगाउन तयारहरुको मुख बन्द गरिदिएको छ । 
 
चुनावमा यति धेरै ध्रुवीकरण नभएको भए पनि हुन्थ्यो भन्नेहरु छन् । एनआरएनए समुदायको साझा संस्था भएकाले चुनावमा प्रचार प्रसारमा यति विधि नगरेको नभिडेको भए पनि हुन्थ्यो भन्नेहरु छन् । चर्को रुपमा चुनाब लाग्दा यो खर्चिलो पनि बन्यो । 
 
चुनावलाई आफ्नो पक्षमा पार्न बुद्धि र लामिछाने दुबै समुह सकृय थिए । तर, चुनाबमा लामिछाने पक्षका लागि त्यो प्रभावकारी ठहरिएन । समुदायका मतदाताले को कता छ भन्ने वास्तै नै गरेनन् । 
 
बरु यसपटकको निर्वाचनमा राजनीति पार्टीका पक्षमा खुलेर उत्रिने, पदको गरिमा राख्न नजान्ने, छाडा केही उम्मेदवारले भने गतिलो दनक भेटे । संस्था भित्रै छिरिसकेका तिनलाइ समेत सदस्य मतदाताहरूले ‘एनआरएनए तिम्रो खेल्ने मैदान होइन’ भन्दै नकआउट गरिदिए । भविष्यका लागि यो एउटा गतिलो सवक पनि हो ।

एनआरएनए अमेरिकाको निर्वाचन २०२१-२०२३ का लागि निर्वाचित पदाधिकारीहरु :
 
अध्यक्ष: बुद्धि सागर सुवेदी
बरिष्ठ उपाध्यक्ष: कृष्ण जीबी पन्त
 
उपाध्यक्ष: सुमन थापा
उपाध्यक्ष: गोपेन्द्र भट्टराई
उपाध्यक्ष: डिलु पराजुली
उपाध्यक्ष: बिकाश राज उप्रेती
उपाध्यक्ष: दिक्षा बस्नेत (महिला तर्फ)
 
महासचिव: अन्जन कुमार चौलागाइ
सचिव: अनुप खनाल
सचिव: सुनिता कंडेल (महिला तर्फ)
 
कोषाध्यक्ष: राजीव श्रेष्ठ
सहकोषाध्यक्ष: अग्नि ढकाल
 
महिला संयोजक: सुन्दरी गुरुङ
युवा संयोजक: त्रिभुवन पाण्डे
 
बोर्ड अफ डाइरेक्टर 
बिसाल राना
डा. प्रकाश श्रेष्ठ 
बाला राज घिमिरे
डोलनाथ घिमिरे
प्रभात सापकोटा
ज्ञानेन्द्र गुरुङ
सन्तोष पहारी
आशिष संग्रौला
शान्ति पौडेल
बिश्वराज बास्तोला
दुर्गेश कार्की
राज ढुंगाना
 
अन्तराष्ट्रिय समन्वय परिषद सदस्य
अमृत सापकोटा
संजीव कुमार श्रेष्ठ
बिन्दु निरौला
सुरेन्द्र मल्ल
संजय थापा
गोविन्द सुबेदी
नारायण कंडेल
बिनोद तिवारी
बिष्णु शाह

कस्ले कति मत पाए ? (सबै उम्मेदवारको मत विवरण सहित)
https://www.nrnusa.org/media/election_document/Election-Result-_2021.pdf