मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिका चुनाव : भोट कति खस्ला र कस्ले जित्ला ?

एनआरएनए अमेरिका चुनाव : भोट कति खस्ला र कस्ले जित्ला ?

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- एनआरएनए एनसीसी अमेरिकामा नयाँ नेतृत्वका लागि भएको चुनाब सकिन एक घण्टा मात्र बाँकी छ । निर्वाचन समितिले आइतबार मध्यरातपछि नतिजा सार्वजनिक हुन सक्ने जनाएको छ । 
 
पुर्वी समय अनुसार आइतबार मध्यरातमा मतदानका लागि तोकिएको समय सकिन्छ । नतिजा आउनु अघि दुई वटा चासो छ । पहिलो कति मत खस्यो र दोस्रो कसले जित्यो ? 
 
निर्वाचन समितिले भने कति भोट खस्यो यो भोट हाल्ने समय सकिनु अघि सम्म सार्वजनिक नगर्ने जनाएको छ । तर, निर्वाचन अभियानमा आफ्नो आफ्नो गुटमा सकृय भएकाहरूका अनुसार १५/१६ हजार मत खस्ने अनुमान गरिएको छ । एनआरएनए अमेरिकामा करिव २० हजार मतदाता छन् । यो निर्वाचनमा चार सय जना भन्दा बढी उम्मेदवार यो निर्वाचनमा सहभागी छन् । 
 
कसले जित्ला ? 
 
मुख्य प्रतिस्पपर्धा कृष्ण लामिछाने र बुद्धि सुवेदी बीचमै हुने अनुमान छ । तेस्रोम डा.अर्जुन बञ्जाडे र चौथोमा तिलक केसी आउने अनुमान धेरैकाे छ । 

भोट हाल्ने क्रम अन्तिम चरणसम्म पुग्दा कृष्ण लामिछानेको चुनाव अभियानमा संलग्न भन्छन् उनको पक्षमा ६ हजार ५ सय भोट खसेको छ । यो जीतका लागि पर्याप्त छ । लामिछानेलाइ पुर्व राजावादीहरूको पार्टी, बामन्थीको केही घटक लगायतले समर्थन गरेका थिए । लामिछानेसँग चुनाब संचालनका लागि दरिलो समुह थियो । हरिबोल भण्डारी, गौरी जोशी लगायत कृष्णलाई देखिनेगरि चुनाव अभियानमा सहभागी थिए । यसले गर्दा कृष्ण लामिछाने बलियो भएका हुन् । 
 
एनआरएनए अमेरिकाका उपाध्यक्ष रहेका बुद्धि सुवेदीले कृष्णलाई कडा टक्कर दिएका छन् । सुवेदीको चुनाव अभियानमा लागेकाहरूका अनुसार ७ हजार मत आउने पक्का छ । यो मतले गर्दा सुवेदी सहजै जित्ने उनीहरूको अनुमान छ । सवैभन्दा बढी भोट भएको टेक्ससमा बुद्धि र कृष्ण बीचको मतअन्तर खासै धेरै नहुने न्यूयोर्कमा बढी मत पाएको बुद्धि पक्षको दावी छ । कृष्ण लामिछानेको गृह राज्य टेक्सस हो । तर, बुद्धि सुवेदी चुनावका दिन टेक्ससमै थिए । यसले गर्दा उनलाई केही मत फाइदा भएको दावी छ । 
 
बोस्टन लगायतका शहरमा अध्यक्षका अर्का उम्मेदवार तिलक केसीका कारण कृष्णको भोट कम भएको हुँदा बुद्धिलाई फाइदा भएको दावी उक्त पक्षको छ । 
 
बुद्धिको पक्षमा एनआरएनए अमेरिकाका पुर्व अध्यक्ष डा. केशव पौडेल, डा यादव पण्डित देखिएका थिए । डा. पण्डित सुवेदीको पक्षमा खुलेर लागेका थिए । 
 
डा. बञ्जाडेलाई तेस्रो स्थानमा आउने धेरैको अनुमान छ । तर, बञ्जाडे पक्षले भने यसलाई स्विकारेको छैन । डा बञ्जाडेले गर्दा कसलाई भोटमा कति फाइदा भयो यसको हरहिसाव भईरहेको छ । तर, कृष्णलाई केही बेफाइदा भएको छ भन्ने धेरै छन् । 
 
सिन्डिकेट तोडौ भन्ने नारा दिएका तिलक केसीले आफु एउटा उद्देश्य लिएर चुनाब उठेको बताएका थिए । नेजा बहसमा निकै रूचाईएका केसीले जित्ने आधार खासै नदेखिएको धेरैले बताए ।