मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिका चुनाव ज-जसले मुद्दा हाले उनीहरु नै पराजित

एनआरएनए अमेरिका चुनाव ज-जसले मुद्दा हाले उनीहरु नै पराजित

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यही साता एनआरएनए एनसीसीको चुनाव अन्तिम अवस्थामा पुगेका बेला प्रकृयालाई रोक्न माग गर्दै टेनेसी अदालतमा मुद्दा दायर भयो । यो मुद्दाले निर्वाचन समिति र अध्यक्ष सुनिल साहलाई तनावमा पनि पार्यो । आईसीसी अध्यक्ष कुमार पन्तले पनि चासो देखाउँदै साहको सम्पर्कमा रहे । 
 
उम्मेदवार हुन नपाएका सुर्य (साल) लम्सालले मुद्दा दायर गरेका थिए । तर, अदालतले उल्टो मुद्दा दायर कर्ता माथिको नियत माथि नै प्रश्न उठाई चुनाव रोक्न अस्विकार गर्यो । 
 
चुनाव रोक्न मुद्दामा जानु गलत नियत थियो । यो मुद्दा पछाडी को को थिए भन्ने पनि चर्चाको विषय बन्यो । जसले मुद्दाका लागि उक्साएका थिए उनीहरुमा पराजित मानसिकता थियो । बाहिर सार्वजनिक नभनिएपनि मुद्दा हाल्ने र उस्काउनेलाई धेरैले औंला उठाएका छन् । दुर्भाग्य यसमा आईसीसी महासचिव हेमराज शर्मा र र अन्य पदाधिकारी एनसीसी अमेरिकाकै केही पदाधिकारी जोडिन पुगे । 
 
एनआरएनए अमेरिकामा मुद्दा नयाँ विषय होइन । चुनाव उठ्ने अनि हारेपछि मुद्दामा जाने प्रवृत्तिनै भईसकेको थियो । अदालतमा मुद्दा दायर गर्नु भनेको न्यायको लडाईं हो । तर, यहाँ चुनाव हारेपछि धाँधली देख्ने अनि मुद्दामा जाने प्रवृत्तिले यसलाई न्यायका लागि भन्न मिल्दैन । चुनाव प्रजातान्त्रिक र एक हदसम्म राजनीतिकजस्तै खालको विषय पनि हो । न्यायलयले मात्र यसको छिनोफानो गर्दैन । चुनाव हारेपछि अध्यक्ष पदका प्रत्यासी नगेन्द्र पौड्याल मुद्दामा गए । जितेनन् । अहिलेसम्म पाँच वटा जति मुद्दा एनआरएनए अमेरिका विरुद्ध परे । चारवटामा संस्थाकै जीत भयो । एउटा फैसला हुन बाँकी छ । 
 
तर, जसजसले मुद्दा हाले उनीहरु एनआरएनए अमेरिका भित्र वा समुदायमा अलोकप्रिय बन्दै गए । संस्थावाट पौड्याल हराए । सुर्य लम्सालले दुई वटा मुद्दा दायर गएर यही अलोकप्रिय वाटो समातेका छन् । 
 
अध्यक्ष उठ्न नपाएपछि गौरी जोशीले पनि अदालत गएका थिए । तर, सिकागो सहमती पनि फिर्ता लिए । उनलाई फाइदा भयो । अहिले आईसीसी सचिव छन् ।  
 
एनआरएनए अमेरिकामा अहिले अध्यक्ष पदका चार जना उम्मेदवार छन् । तीन जना भोटको अंक गणितका आधारमा हार्छन । विगतका उदाहरणले अहिले पनि कोही उम्मेदवार मुद्दामा गयो भने पुन पराजित हुनेछन् । 
 
यो चुनाव प्रकृयाका वारेमा आईसीसी अध्यक्ष कुमार पन्तलाई जानकारी दिईएको छ । आईसीसी उपाध्यक्ष सोनाम लामा निर्वाचन समितिको निकट रहेर हेरिरहेका छन् । आईसीसीका प्रतिनिधि पनि निर्वाचन समितिका पदाधिकारी सँगै छन् । निर्वाचन समितिका संयोजक विश्वनाथ बरालले भन्छन् आईसीसी अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि, अध्यक्षका उम्मेदवारहरुलाई सवैलाई निर्वाचन प्रकृयाका सवै पक्षका वारेमा जानकारी गराईएको छ उहाँहरु सवै सन्तुष्ट देखिनुभएको छ । चुनावमा तल माथि हुने कुनै संभावना नै छैन । पछि आरोप लगाउने बेग्लै कुरा हो । 
 
निर्वाचन समितिले अध्यक्षका उम्मेदवारलाई कति भोट खस्यो २/२ घण्टामा जानकारी गराउने भन्ने प्रस्ताव राखेको थियो । तर, कुनै पनि अध्यक्षका उम्मेदवारले यसलाई स्विकार गरेनन् । यही भएर अहिले कति भोट खस्यो सवै अतिनै गोप्य राखिएको छ । कतै सार्वजनिक भएको छैन । 
 
चुनाव कुनै पनि संस्थाको एउटा प्रकृया हो । २० हजार भन्दा वढी सदस्य रहेको संस्थाका लागि त यो भन्दा अर्को नेतृत्व छान्ने विकल्प पनि छैन । चुनाव भएपछि हार जित हुन्छ । चुनावी प्रकृयामा समय र धनको खर्च भएको छ । तर, यसले संस्थालाई भने मजबुत वनाउँछ । उम्मेदवारहरु सवैले संस्थालाई मजबुत गर्न योगदान दिनुभएको छ । अव प्राविधिक हारजित स्विकार्नु संस्थाको हितमा हुन्छ ।