ग्लोबल नेपाली

सरकारले एनआरएनए स्मार्ट कार्ड वितरण गर्ने घोषणा

सरकारले एनआरएनए स्मार्ट कार्ड वितरण गर्ने घोषणा


शेयर गर्नुहोस:

5.8k
Shares

  • change font
  • change font

काठमाडौं- नेपाल सकारले गैर आवासीय नेपालको छुट्टै पहिचना दिने एनआरएन स्मार्ट कार्ड वितरण गर्ने घोषणा गरेको छ । 
 
अर्थमन्त्री विष्णु पौडेलले शनिवार सार्वजनिक बजेटमा उक्त घोषणा गरेका हुन् । एनआरएनए स्मार्ट कार्ड कस्तो हुन्छ यो खुलाईएको छैन । 
 
बजेटमा गैर आवासीय नेपालीको ज्ञान, पुंजी र प्रविधिलाई राष्ट्रिय विकासमा उपयोग गर्न नेपाल सरकारको समेत लगानीमा स्थापित एनआरएन कोषलाई पूर्वाधार विकासमा उपयोग गरिने उल्लेख छ । 
 
एनआरएन कोष संस्थापना भई कानुनी प्रकृया पुरा गर्ने क्रममा छ । १० अर्ब रुपैंया बाट शुरु गरिने यो कोषका अध्यक्षमा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो अध्यक्ष नियुक्त भएका छन् । बोर्डमा अमेरिकावाट दुई जना सचिव गौरीराज जोशी र सोनाम लामा सदश्य छन् । यो कोषको रकम बृद्धि गरी १ खर्ब रुपैंया वनाउने लक्ष्य । यो कोषमा विदेशमा वस्ने नेपालले शेयरका रुपमा पैसा हाल्न सक्ने छन् । तर, अहिलेसम्म कोष प्रकृयामा छ । 
 
बजेटमा ब्रेन गेन सेन्टरलाई क्रियाशील वनाई विदेशमा विशेषज्ञता एवं विशिष्टता हासिल गरेका नेपालीको ज्ञान राष्ट्र निमार्णमा उपयोग गरिने उल्लेख छ । 
 
यो बजेटले बृद्ध भत्ता एक हजार बनाएर ४ हजार रुपैंया पुर्याएको छ । स्वास्थ्य क्षेत्रमा जाने पैसा वढाईएको छ । कर्मचारीको तलवमा २ हजार रुपैंयाले बृद्धि गरिएको छ । भन्सार दरहरु केही हेरफेर भएका छन् । चुरोट, मदिरा लगायतका वस्तुमा कर वढेको छ । यी फेरी मंहगाें हुने छन् । 
 
बजेटमा नेपाल टेमिलकको शेयर उसका ग्राहकलाई बिक्री गर्ने उल्लेख छ । यसवाट सरकारले ठुलो रकम प्राप्त गर्ने छ । टेलिकम सरकारी स्वामित्वको कम्पनी हो । 
 
बजेटमा हाल वन्द भएका केही उद्योग निजी क्षेत्रलाई संचालन गर्न दिने उल्लेख छ । यस्तै नेपाल वायु सेवा निगमका रणनीतिक साझेदार ल्याउने घोषणा पनि बजेटले गरेको छ ।