मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

सरकारले एनआरएनए स्मार्ट कार्ड वितरण गर्ने घोषणा

सरकारले एनआरएनए स्मार्ट कार्ड वितरण गर्ने घोषणा

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल सकारले गैर आवासीय नेपालको छुट्टै पहिचना दिने एनआरएन स्मार्ट कार्ड वितरण गर्ने घोषणा गरेको छ । 
 
अर्थमन्त्री विष्णु पौडेलले शनिवार सार्वजनिक बजेटमा उक्त घोषणा गरेका हुन् । एनआरएनए स्मार्ट कार्ड कस्तो हुन्छ यो खुलाईएको छैन । 
 
बजेटमा गैर आवासीय नेपालीको ज्ञान, पुंजी र प्रविधिलाई राष्ट्रिय विकासमा उपयोग गर्न नेपाल सरकारको समेत लगानीमा स्थापित एनआरएन कोषलाई पूर्वाधार विकासमा उपयोग गरिने उल्लेख छ । 
 
एनआरएन कोष संस्थापना भई कानुनी प्रकृया पुरा गर्ने क्रममा छ । १० अर्ब रुपैंया बाट शुरु गरिने यो कोषका अध्यक्षमा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो अध्यक्ष नियुक्त भएका छन् । बोर्डमा अमेरिकावाट दुई जना सचिव गौरीराज जोशी र सोनाम लामा सदश्य छन् । यो कोषको रकम बृद्धि गरी १ खर्ब रुपैंया वनाउने लक्ष्य । यो कोषमा विदेशमा वस्ने नेपालले शेयरका रुपमा पैसा हाल्न सक्ने छन् । तर, अहिलेसम्म कोष प्रकृयामा छ । 
 
बजेटमा ब्रेन गेन सेन्टरलाई क्रियाशील वनाई विदेशमा विशेषज्ञता एवं विशिष्टता हासिल गरेका नेपालीको ज्ञान राष्ट्र निमार्णमा उपयोग गरिने उल्लेख छ । 
 
यो बजेटले बृद्ध भत्ता एक हजार बनाएर ४ हजार रुपैंया पुर्याएको छ । स्वास्थ्य क्षेत्रमा जाने पैसा वढाईएको छ । कर्मचारीको तलवमा २ हजार रुपैंयाले बृद्धि गरिएको छ । भन्सार दरहरु केही हेरफेर भएका छन् । चुरोट, मदिरा लगायतका वस्तुमा कर वढेको छ । यी फेरी मंहगाें हुने छन् । 
 
बजेटमा नेपाल टेमिलकको शेयर उसका ग्राहकलाई बिक्री गर्ने उल्लेख छ । यसवाट सरकारले ठुलो रकम प्राप्त गर्ने छ । टेलिकम सरकारी स्वामित्वको कम्पनी हो । 
 
बजेटमा हाल वन्द भएका केही उद्योग निजी क्षेत्रलाई संचालन गर्न दिने उल्लेख छ । यस्तै नेपाल वायु सेवा निगमका रणनीतिक साझेदार ल्याउने घोषणा पनि बजेटले गरेको छ ।