मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिका चुनाव विवाद

एनआरएनए अमेरिका चुनाव विवाद

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका– एनआरएनए एनसीसी अमेरिकाको अन्तिम चरणमा पुगेको निर्वाचन रोक्न माग गर्दै परेको मुद्दामा अदालतले मुद्दा दायर गर्नेको नियत माथि प्रश्न उठाएको छ । 
 
नौ महिना अघि भएको निर्णयका वारेमा पहिले मुद्दा दायर नगरी चुनाव हुन लागेको अन्तिम समयमा किन मुद्दा हालियो भन्ने आधारमा एनआरएनए अमेरिकाको निर्वाचनका पक्षमा यो फैसला भएको हो । 
 
केही साता अघि नै यो मुद्दा दायर गर्न सकिन्थ्यो अहिले नै चुनावको अन्तिम साता मुद्दा दायर गर्नु पर्ने केही थिएन अन्तरिम आदेश नदिदां पनि कुनै हानी हुने देखिएन अदालतले भनेको  छ । 
 
मुद्दा दायर भएपछि एनआरएनए अमेरिकाको अन्तिम चरणमा पुगेको निर्वाचन रोकिन्छ कि भन्ने शंका भएको थियो । आफुलाई उम्मेदवार बन्न अयोग्य ठानिएको हुदां यस विरुद्ध सुर्य लम्सालले यसै साता मुद्दा दायर गरेका थिए । 
 
आईसीसी र एनसीसी अमोरिकाका जिम्मेवार पदाधिकारी नै यो मुद्दामा मुछिएका छन् । आईसीसी र एनसीसीका केही जिम्मेवार पदाधिकारीले यो मुद्दा दायर गर्न उस्काएको आरोप लागेको छ । 
 
यो मुद्दाका वारेमा आईसीसी अध्यक्ष कुमार पन्तलाई पनि जानकारी गराईएको थिए । उनले पनि चासो राखेर एनआरएनए अमेरिकाका जिम्मेवार पदाधिकारीसंग सम्पर्क थिए । 
 
यो मुद्दाले संस्थाका केही जिम्मेवार पदाधिकारीको संस्था राम्रो वनाउने होइन गलत नियत देखिएको आरोप एनआरएनए अमेरिका संस्थापन पक्षको छ । यो मुद्दाले निर्वाचनमा समेत असर पार्न सक्ने वनाईएको छ । यो मुद्दावाट एनआरएनए संस्थापन पक्ष्ँका उम्मेदवारहरुलाई फाइदा पुग्ने वताईएको छ ।