ग्लोबल नेपाली

एनआरएनए अमेरिका चुनाव, थोरै मतअन्तरले जितहार हुने अनुमान प्यानलमा भोट हाल्न मतदाता अनिच्छुक

एनआरएनए अमेरिका चुनाव, थोरै मतअन्तरले जितहार हुने अनुमान प्यानलमा भोट हाल्न मतदाता अनिच्छुक


शेयर गर्नुहोस:

7.3k
Shares

  • change font
  • change font

टेक्सास – एनआरएनए एनसीसी अमेरिकामा नयां नेतृत्वका लागि उम्मेदवार दिएका अध्यक्षका चार उम्मेदवार मध्ये कुनै एकले अर्कोलाई समर्थन गरेर जाने संभावना लगभग समाप्त भएको छ । 
 
यसै साता टेक्सास ड्यालसमा जम्मा भएका चार जना उम्मेदवार बीच विभिन्न तहमा सहमति हुन सक्छ कि भन्ने प्रयास भएका थिए । अनौपचारिक रुपमा गरिएको यी प्रयास सफल भएनन । अध्यक्ष पदका प्रत्यासी डा अर्जुन बञ्जाडे ,कृष्ण लामिछाने र बुद्धि सुवेदी बीच मिलेर जान गरिएको प्रयास असफल भयो । बञ्जाडे र लामिछाने दुवै जना डलास निवासी हुन । अनौपचारिक रुपमा लामिछाने समुहद्वारा बञ्जाडेलाई आईसीसीमा जान प्रस्ताव गरिएको थियो । तर, उनले मानेन् । बुद्धि पक्षले भने चित्तवुझ्दो कारण भए आफुले छाडेन र तर,अहिले आईसीसीमा नजाने स्पष्ट पारेका थिए । 
 
औनपचारिक वार्तामा सवै अध्यक्ष पदका उम्मेदवारले सहमतिका लागि आफु तयार रहेको तर, अध्यक्ष पदमा भने आफ्नै लागि सहमति हुनेपर्ने अडानवाट टसमस नभए पछि त्यसै टुंगिएका थिए । 
 
को कति बलियो 
 
चुनाव नजिक आएकाले उम्मेदवार बीच अव भोटको जोड घटाउ शुरु भएको छ । एनआरएनए अमेरिका भित्र भोटको प्यार्टन वुझेकाहरु भन्छन् चुनावमा तिव्र प्रतिस्पर्धा छ, एक हजार भन्दा वढी मतअन्तरले जित हारको तय हुने छ । 
 
टेक्सास र न्यूयोर्क सवैभन्दा वढी मतभएका राज्य हुन् । बञ्जाडे र लामिछाने दुवै टेक्सासका हुन् । बञ्जाडे, लामिछाने र बुद्धि विच टेक्सासमा कति मत अन्तरले फरक पर्छ त्यही आधारमा जित हार हुने देखिन्छ । कृष्ण टेक्सासमा पहिले देखिनै सकृय छन् ।  उनको वढी प्रभाव रहेको वताईन्छ । 

तर, यदी कृष्ण र बुद्धि विचको टेक्सासको मतअन्तर कम भयो भने बुद्धिलाई फाइदा हुने छ । विगतका चुनावलाई हेरेकाहरु भन्छन् प्रतिस्पर्धा कृष्ण र बुद्धि बीच नै हुने देखिन्छ । तर, यसले जित्छ भनिहाल्ने अवस्था छ्रैन । 
 
एनआरएनए अमेरिकामा करिव २० हजार मतदाता छन् । जितका लागि करिव ६ हजार मत आवश्यक छ । 
 
कृष्ण र बुद्धि दुवै पक्षले आफुहरुसंग सजिलै ६ हजार मत पुग्ने दावी गर्छन । तर, यो दावी गर्दा गर्दै पनि उनीहरु भन्छन,  टेक्सासको मत कसले बढी ल्याउंछ त्यसमा चुनाव निर्भर छ 
 
प्यानलमा भने भोट नजाने 
 
उम्मेदवारहरुले प्यानल वनाएर चुनावी मैदानमा उत्रेपनि त्यस अनुसार भोट गर्न मतदाता उत्सुक छैनन् । 
 
हिमालयखवरसंग सम्पर्कमा आएका धैरैले प्यानलमा होइन आफुले योग्य देखेको उम्मेदवारलाई भोट दिने वताए । प्यानलमा नपरेकालाई पनि भोट दिने आशय केही मतदाताले वताए । 

Advertisement
मत दिने पहिलो आधार व्यक्तिगत सम्वन्ध, त्यसपछि वल्ल प्यानल हेर्ने अधिकांश वताउंछन् । 
 
नेजा बहसमा केसीले मारे बाजी
 
अध्यक्ष पदका उम्मेदवार तिलक केसीले टेक्ससमा आयोजित नेजा बहसमा धेरैलाई प्रभावित पारेका थिए । चार जना  उम्मेदवार मध्ये केसीको प्रस्तुती दमदार रहेको धेरैको टिप्पणी थियो । कार्यक्रम पनि उनीसँग फोटो खिच्ने बढेका थिए । अर्का समुहका एक जना उम्मेदवारले त मलाई त तपाईसंग बहस गर्न मन लाग्यो भनेर ठ्ट्टा समेत गरेका थिए । 

केसीले उद्देश्यका लागि चुनाव उठेको र जित हारले यसमा फरक नपर्ने वताएका छन् ।