मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिका चुनाव, थोरै मतअन्तरले जितहार हुने अनुमान प्यानलमा भोट हाल्न मतदाता अनिच्छुक

एनआरएनए अमेरिका चुनाव, थोरै मतअन्तरले जितहार हुने अनुमान प्यानलमा भोट हाल्न मतदाता अनिच्छुक

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सास – एनआरएनए एनसीसी अमेरिकामा नयां नेतृत्वका लागि उम्मेदवार दिएका अध्यक्षका चार उम्मेदवार मध्ये कुनै एकले अर्कोलाई समर्थन गरेर जाने संभावना लगभग समाप्त भएको छ । 
 
यसै साता टेक्सास ड्यालसमा जम्मा भएका चार जना उम्मेदवार बीच विभिन्न तहमा सहमति हुन सक्छ कि भन्ने प्रयास भएका थिए । अनौपचारिक रुपमा गरिएको यी प्रयास सफल भएनन । अध्यक्ष पदका प्रत्यासी डा अर्जुन बञ्जाडे ,कृष्ण लामिछाने र बुद्धि सुवेदी बीच मिलेर जान गरिएको प्रयास असफल भयो । बञ्जाडे र लामिछाने दुवै जना डलास निवासी हुन । अनौपचारिक रुपमा लामिछाने समुहद्वारा बञ्जाडेलाई आईसीसीमा जान प्रस्ताव गरिएको थियो । तर, उनले मानेन् । बुद्धि पक्षले भने चित्तवुझ्दो कारण भए आफुले छाडेन र तर,अहिले आईसीसीमा नजाने स्पष्ट पारेका थिए । 
 
औनपचारिक वार्तामा सवै अध्यक्ष पदका उम्मेदवारले सहमतिका लागि आफु तयार रहेको तर, अध्यक्ष पदमा भने आफ्नै लागि सहमति हुनेपर्ने अडानवाट टसमस नभए पछि त्यसै टुंगिएका थिए । 
 
को कति बलियो 
 
चुनाव नजिक आएकाले उम्मेदवार बीच अव भोटको जोड घटाउ शुरु भएको छ । एनआरएनए अमेरिका भित्र भोटको प्यार्टन वुझेकाहरु भन्छन् चुनावमा तिव्र प्रतिस्पर्धा छ, एक हजार भन्दा वढी मतअन्तरले जित हारको तय हुने छ । 
 
टेक्सास र न्यूयोर्क सवैभन्दा वढी मतभएका राज्य हुन् । बञ्जाडे र लामिछाने दुवै टेक्सासका हुन् । बञ्जाडे, लामिछाने र बुद्धि विच टेक्सासमा कति मत अन्तरले फरक पर्छ त्यही आधारमा जित हार हुने देखिन्छ । कृष्ण टेक्सासमा पहिले देखिनै सकृय छन् ।  उनको वढी प्रभाव रहेको वताईन्छ । 

तर, यदी कृष्ण र बुद्धि विचको टेक्सासको मतअन्तर कम भयो भने बुद्धिलाई फाइदा हुने छ । विगतका चुनावलाई हेरेकाहरु भन्छन् प्रतिस्पर्धा कृष्ण र बुद्धि बीच नै हुने देखिन्छ । तर, यसले जित्छ भनिहाल्ने अवस्था छ्रैन । 
 
एनआरएनए अमेरिकामा करिव २० हजार मतदाता छन् । जितका लागि करिव ६ हजार मत आवश्यक छ । 
 
कृष्ण र बुद्धि दुवै पक्षले आफुहरुसंग सजिलै ६ हजार मत पुग्ने दावी गर्छन । तर, यो दावी गर्दा गर्दै पनि उनीहरु भन्छन,  टेक्सासको मत कसले बढी ल्याउंछ त्यसमा चुनाव निर्भर छ 
 
प्यानलमा भने भोट नजाने 
 
उम्मेदवारहरुले प्यानल वनाएर चुनावी मैदानमा उत्रेपनि त्यस अनुसार भोट गर्न मतदाता उत्सुक छैनन् । 
 
हिमालयखवरसंग सम्पर्कमा आएका धैरैले प्यानलमा होइन आफुले योग्य देखेको उम्मेदवारलाई भोट दिने वताए । प्यानलमा नपरेकालाई पनि भोट दिने आशय केही मतदाताले वताए । 

मत दिने पहिलो आधार व्यक्तिगत सम्वन्ध, त्यसपछि वल्ल प्यानल हेर्ने अधिकांश वताउंछन् । 
 
नेजा बहसमा केसीले मारे बाजी
 
अध्यक्ष पदका उम्मेदवार तिलक केसीले टेक्ससमा आयोजित नेजा बहसमा धेरैलाई प्रभावित पारेका थिए । चार जना  उम्मेदवार मध्ये केसीको प्रस्तुती दमदार रहेको धेरैको टिप्पणी थियो । कार्यक्रम पनि उनीसँग फोटो खिच्ने बढेका थिए । अर्का समुहका एक जना उम्मेदवारले त मलाई त तपाईसंग बहस गर्न मन लाग्यो भनेर ठ्ट्टा समेत गरेका थिए । 

केसीले उद्देश्यका लागि चुनाव उठेको र जित हारले यसमा फरक नपर्ने वताएका छन् ।